arrow

शीतल निवासमा दशैँको चहलपहल, प्रधानमन्त्रीदेखि जनसाधारणले लगाए टीका [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
president-pm-tika-2081-6-26.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूहरुको महान् चाड विजयादशमीका अवसरमा राष्ट्रपति कार्यालय शीतल निवासमा प्रधानमन्त्रीदेखि जनसाधारणलाई टीका र जमरा प्रदान गरेका छन् । 
    
आफूले बिहान ११ः३६ बजेको शुभ साइतमा टीका लगाएपछि आफन्तलाईलाई टीका लगाइदिएर राष्ट्रपति पौडेलले दिउँसो ३ बजे प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय, मन्त्री, सांसद, संवैधानिक अङ्गका प्रमुख एवं सदस्यलाई नवदुर्गाको प्रसादस्वरुप टीका र जमरा प्रदान गरिसकेपछि इच्छुक जनसाधारणलाई पनि टीका लगाइदिएका हुन् । 

राष्ट्रपतिको हातबाट टीका र जमरा ग्रहण गर्ने इच्छा राखेर लाममा बस्ने सबैलाई राष्ट्रपति पौडेलले टीका लगाइदिएका छन् । राष्ट्रपतिबाट टीका र जमरा ग्रहण गर्न सयौँ मानिस लाममा बसेका थिए । 

विजयादशमीका दिन राष्ट्रको अभिभावकका रुपमा राष्ट्राध्यक्षबाट हजारौँ नेपालीले टीका र प्रसाद ग्रहण गर्ने गरेका छन् । राजतन्त्रकालमा राजाले निरन्तरता दिएको यो परम्परालाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापनापछिका राष्ट्रपतिहरुले पनि निरन्तरता दिँदै आएका छन् । 

उता पूर्वराजाले पनि निर्मल निवासमा जनसाधारणलाई टीका लगाइदिएका छन् । 

sheetal-niwas-tika-2081 (1).jpg
sheetal-niwas-tika-2081 (2).jpg
sheetal-niwas-tika-2081 (3).jpg
sheetal-niwas-tika-2081 (4).jpg
sheetal-niwas-tika-2081 (5).jpg
sheetal-niwas-tika-2081 (6).jpg
sheetal-niwas-tika-2081 (7).jpg
sheetal-niwas-tika-2081 (8).jpg
sheetal-niwas-tika-2081 (9).jpg
sheetal-niwas-tika-2081 (10).jpg
sheetal-niwas-tika-2081 (11).jpg
sheetal-niwas-tika-2081 (12).jpg
sheetal-niwas-tika-2081 (13).jpg
sheetal-niwas-tika-2081 (14).jpg
sheetal-niwas-tika-2081 (15).jpg
sheetal-niwas-tika-2081 (16).jpg
sheetal-niwas-tika-2081 (17).jpg
sheetal-niwas-tika-2081 (18).jpg
sheetal-niwas-tika-2081 (19).jpg
sheetal-niwas-tika-2081 (20).jpg
sheetal-niwas-tika-2081 (21).jpg
sheetal-niwas-tika-2081 (22).jpg
sheetal-niwas-tika-2081 (23).jpg
sheetal-niwas-tika-2081 (24).jpg
sheetal-niwas-tika-2081 (25).jpg
sheetal-niwas-tika-2081 (26).jpg
sheetal-niwas-tika-2081 (27).jpg
sheetal-niwas-tika-2081 (28).jpg
sheetal-niwas-tika-2081 (29).jpg
sheetal-niwas-tika-2081 (30).jpg
sheetal-niwas-tika-2081 (31).jpg
sheetal-niwas-tika-2081 (34).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ