arrow

नेपाल काभा यू–२० भलिबल च्याम्पियनशिपको उपविजेता बन्न सफल

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २६ शनिबार
cava-u20-nepal-uz.jpg

काठमाडौँ । नेपाल श्रीलंकामा भएको काभा यू–२० भलिबल च्याम्पियनशिपमा उपविजेता भएको छ । शनिबार भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग पराजित भएको छ । फाइनल खेलमा नेपाल उज्वेकिस्तानसँग ३–१ सेटमा पराजित भएको हो ।

यस फाइनलमा नेपालले पहिलो सेट जितेको भए पनि त्यसपछि उज्वेकिस्तानले खेलमा कमब्याक गर्दै लगातार तीन सेट जितेर उपाधि जितेको हो । 

नेपालले पहिलो सेट २७–२५ ले जितेको थियो भने त्यसपछि उज्बेकिस्तानले दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो सेट २५–२० ले जितेको थियो ।  

यसअघि लिग चरणमा पहिलो र दोस्रो स्थानमा रहेर नेपाल र उज्वेकिस्तानले फाइनल खेलेका हुन् । नेपाल लिग चरणको खेलमा पनि उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो । 

लिग चरणमा नेपालले घरेलु टोली‌ श्रीलंकालाई ३–० को सोझो सेटमा पराजित गरेको थियो भने दोस्रो खेलमा उज्वेकिस्तानसँग ३–१ ले पराजित भएको थियो ।

त्यस्तै तेस्रो खेलमा नेपालले माल्दिभ्सलाई ३–० को सेटमा पराजित गरेको थियो भने चौथो खेलमा कर्गिस्तानलाई ३–२ को सेटमा पराजित गरेको थियो । 

त्यसैगरी शुक्रबार भएको लिगको अन्तिम खेलमा नेपालले तुर्किमेनिस्तानलाई ३-० को सोझो सेटमा पराजित गरेको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ