arrow

शीतल निवासमा बडादशैँ [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
ramchandra-oli.jpg

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले आम सर्वसाधारण र उच्च पदस्थ अधिकारीहरूलाई दशैँको टिका लगाइदिएका छन् । शनिबार राष्ट्रपति निवास शीतल निवासमा राष्ट्रपति पौडेलले आम सर्वसाधारणहरूलाई नेपालीहरूको महान् चाड बडादशैँको उपलक्ष्यमा टिका लगाइदिएका हुन् । 

सो अवसरमा राष्ट्रपति पौडेलले प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल, मन्त्रीहरू, सांसदहरू, सुरक्षा निकायका प्रमुखहरू,सरकारका उच्च पदस्थ कर्मचारी अधिकारीहरूलाई टिका लगाइदिए । राष्ट्रपति पौडेलले विजया दशमीको दिन विशिष्ट व्यक्तिकासाथै आम सर्वसाधारणलाई पनि विजया दशमीको टिका लगाइदिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ