arrow

भुटानमा मलाई गरिएको स्वागत सम्पूर्ण नेपालीलाई गरिएको सम्मान -पूर्वराजा [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
king-gyanendra-saha.jpg

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहले भूटान भ्रमणमा आफूलाई गरेको सम्मानलाई सबै नेपालीहरूलाई गरेको सम्मानका रूपमा ग्रहण गरेको बताएका छन्। निर्मल निवासमा शनिबार सर्वसाधारणलाई विजया दशमीको टिका लगाउने क्रममा पूर्वराजा शाहले केही दिनअघि मात्रै आफू भूटान गएको र भूटान भ्रमण निजी भ्रमण रहेको बताए । 

भूटान भ्रमणको बारेमा सबैको चासो र जिज्ञासा रहेको बताए । पूर्वराजा शाहले भुटानको राजपरिवार र भुटानी जनताले आफूलाई दर्साएको स्वागत, सम्मान र मित्रतालाई आफूले सम्पूर्ण नेपालीहरू र नेपाललाई गरेको सम्मानका रूपमा लिएको बताए । उहाँले नेपाललाई गरेको स्वागतका लागि भुटानी जनता र राजपरिवारलाई कृतज्ञता पनि व्यक्त गरे । 

उनले भने, ‘तपाईंहरुमार्फत सबै नेपालीलाई शुभकामना छ, विजया दशमीको । अहिले हालै म भूटान गएको थिएँ । त्यसको अहिले चासो र जिज्ञासा भएको छ । त्यो निजी भ्रमण थियो । त्यहाँका राजपरिवार र भुटानी जनताले मलाई दर्साएको स्वागत, सम्मान, मित्रता । मैले के ठानेको छु भने त्यो नेपाल र नेपालीलाई गरेको हो भनेर मैले ठानेको छु । तपाईंहरुमार्फत म त्यहाँको राजपरिवार र जनतालाई हृदयदेखि हार्दिक धन्यवाद, कृतज्ञता दिन चाहन्छु ।’



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ