arrow

पुरुष भलिबल च्याम्पियनशिपको उपविजेता टोलीलाई टीका–जमरा लगाएर स्वागत [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
cava-u20-nepal-runnerup-202.jpg

काठमाडौँ । श्रीलंकामा भएको सेन्ट्रल एसियन भलिबल एसोसिएसन (काभा) यू–२० पुरुष भलिबल च्याम्पियनशिपको उपविजेता नेपाली टोलीलाई स्वदेशमा भव्य स्वागत गरिएको छ । 

नेपाल भलिबल एसोसिएसनका पदाधिकारीले उपविजेता टोलीलाई खादासहित टीका जमरा लगाएर विमानस्थलमा स्वागत गरेको हो । शनिबार बेलुकी भएको फाइनलमा नेपाल उज्वेकिस्तानसँग नेपाल ३–१ को सेटमा पराजित भएर फर्स्ट रनर अप बनेको हो । 

कोलम्बोमा भएको फाइनलको पहिलो सेटमा २७–२५ को शानदार जित निकालेको नेपालले त्यसपछिको लगातार तीन सेट गुमाउन पुग्यो । खेलको दोस्रो सेट २५–१०, तेस्रो सेट २५–१६ र चौथो तथा अन्तिम सेटमा नेपाल २५–२० ले पराजित बन्यो ।

समूह चरणको अन्तिम खेलमा नेपालले तुर्कमेनिस्तानलाई हराउँदै फाइनमा उज्वेकिस्तानसँगको भेट पक्का गरेको थियो । त्यसैगरी नेपालले समूह चरणमा श्रीलङ्का, तुर्कमेनिस्तान र माल्दिभ्सलाई हराएको थियो भने कीर्गिस्तान र उज्वेकिस्तानसँग पराजित भएको थियो ।

श्रीलङ्का भलिबल फेडेरेसनले आयोजना गरेको उक्त प्रतियोगितामा आयोजक श्रीलङ्कासहित नेपाल, तुर्कमेनिस्तान, माल्दिभ्स, कीर्गिस्तान र उज्वेकिस्तान सहभागी थिए । प्रतियोगिता यही असोज २० गतेदेखि सञ्चालन भएको थियो ।
 

cava-u20-nepal-runnerup (1).jpg
cava-u20-nepal-runnerup (2).jpg
cava-u20-nepal-runnerup (3).jpg
cava-u20-nepal-runnerup (4).jpg
cava-u20-nepal-runnerup (5).jpg
cava-u20-nepal-runnerup (6).jpg
cava-u20-nepal-runnerup (7).jpg
cava-u20-nepal-runnerup (8).jpg
cava-u20-nepal-runnerup (9).jpg
cava-u20-nepal-runnerup (10).jpg
cava-u20-nepal-runnerup (11).jpg
cava-u20-nepal-runnerup (12).jpg
cava-u20-nepal-runnerup (13).jpg
cava-u20-nepal-runnerup (14).jpg
cava-u20-nepal-runnerup (15).jpg
cava-u20-nepal-runnerup (16).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ