arrow

महानिरीक्षक कुँवरले लगाइदिए प्रहरी कर्मचारीलाई टीका [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
police-chief-tika-81-6-27-(.jpg

काठमाडौँ । प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरले बडादशैँको अवसरमा आइतबार सकल दर्जाका प्रहरी कर्मचारीहरूलाई टीका लगाइदिएका छन् । 

नेपाल प्रहरी प्रधान कार्यालयस्थित प्रहरी महानिरीक्षकको निवासमा उपस्थित कर्मचारीहरू तथा उनीहरुका परिवारलाई प्रहरी महानिरीक्षक कुँवरले टीका तथा जमरा लगाईदिनुका साथै सुख, समृद्धि एवम् उत्तरोत्तर प्रगतिको कामनासमेत गरे ।

उक्त अवसरमा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष श्रीमती लक्ष्मी कुँवरले टीका ग्रहणका लागि उपस्थितहरूलाई जमरा र प्रसाद प्रदान गरेकी थिइन् । 

इच्छुक प्रहरी कर्मचारीहरूलाई टीका लगाउनको लागि दिउँसो १ बजेदेखि ३ बजेसम्मको समय तोकिएको थियो । 
    
टीका तथा प्रसाद ग्रहणका लागि प्रहरी अतिरिक्त महानिरीक्षकहरूलगायत वरिष्ठ प्रहरी अधिकृतहरू, नेपाल प्रहरी श्रीमती संघका पदाधिकारीहरू, पूर्व प्रहरी कर्मचारीहरू, प्रहरी अधिकृत तथा जवानहरू एवम् प्रहरीका परिवारहरू समेतको उपस्थिति रहेको थियो । 

    टीका ग्रहण कार्यक्रममा विजया दशमीको शुभकामनासमेत आदान प्रदान गरिएको थियो ।
 

police-chief-tika-81-6-27 (5).JPG
police-chief-tika-81-6-27 (6).JPG
police-chief-tika-81-6-27 (7).JPG
police-chief-tika-81-6-27 (1).JPG
police-chief-tika-81-6-27 (2).JPG
police-chief-tika-81-6-27 (3).JPG


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ