arrow

दशमीको टीकापछि शुरु भयो काठमाडौँ फर्कनेको लर्को [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
kathmandu-return-81-6-27a.jpg

काठमाडौँ । विजया दशमीको टीका लगाएपछि काठमाडौँ फर्कनेको लर्को शुरु भएको छ । आइतबार राजधानीको नयाँ बसपार्क बालाजु क्षेत्रमा दशैंका लागि काठमाडौँ छाडेर गाउँघर गएका मानिसहरु विजया दशमीको टीका लगाएसँगै अर्को दिन नै फर्किसकेका छन् । 

बडादशैँ पूर्णिमासम्मै लगाउने चलन भए पनि कर्म विशेषसँगै आफन्तकोमा टीका लगाउन फर्कनेहरुको लर्को लाग्न थालेको हो । 

यसपालि १३ लाख मानिसले दशैँका लागि काठमाडौँ उपत्यका छाडेका थिए । सडक सञ्जालमा प्राकृतिक विपद्का कारण समस्या भएसँगै हवाई यात्रासमेत निकै भएको थियो । बडादशैँको दुई दिनमा मात्र ६३ हजारले त्रिभुनव अन्तर्राष्ट्रिय विमानस्थलको प्रयोग गरेर बाहिर गएका थिए । 

अब भने विस्तारै फर्कने क्रम शुरु भएको छ । सरकारी सार्वजनिक बिदा सोमबारसम्म रहेको छ । 

kathmandu-return-81-6-27  (1).jpg
kathmandu-return-81-6-27  (2).jpg
kathmandu-return-81-6-27  (3).jpg
kathmandu-return-81-6-27  (4).jpg
kathmandu-return-81-6-27  (5).jpg
kathmandu-return-81-6-27  (6).jpg
kathmandu-return-81-6-27  (7).jpg
kathmandu-return-81-6-27  (8).jpg
kathmandu-return-81-6-27  (9).jpg
kathmandu-return-81-6-27  (10).jpg
kathmandu-return-81-6-27  (11).jpg
kathmandu-return-81-6-27  (12).jpg
kathmandu-return-81-6-27  (13).jpg
kathmandu-return-81-6-27  (14).jpg
kathmandu-return-81-6-27  (15).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ