arrow

जलेश्वरमा दुर्गा मूर्ति विसर्जन

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २७ आइतबार
durga-murti.jpg

महोत्तरी । बडादशैँको अवसरमा महोत्तरीको जलेश्वर नगरपालिका-२ स्थित दुर्गाचोकमा पूजाका लागि बनाइएको दुर्गा भवानीको मूर्ति आइतबार बरुण सरोवरमा बिसर्जन गरिएको छ ।

दुर्गा भवानीको प्रतिमाका साथै पूजाका लागि निर्माण गरिएको भगवान शिव, गणेश, कात्तिक, मातालक्ष्मी र माता सरस्वतीको प्रतिमालाई बरुण सरोवरमा सेलाइएको पूजा समितिका अध्यक्ष शिवचन्द्र चौधरीले जानकारी दिए ।

दुर्गा चोकबाट छट्टाछुट्टै ट्याक्टरमा राखी सबै मूर्तिलाई बुद्धीजीवीचोक, जिरोमाइल चोक, अस्पतालचोक, साहुजीपट्टी, नगरपालिका चोक, शङ्करचोक हुँदै नगर परिक्रमा गरी बरुण सरोवर पुर्याइ सेलाइएको हो ।

दुर्गा मूर्ति बिसर्जनका क्रममा हुनसक्ने मानवीय क्षतिलाई मध्यनजर गर्दै रणभीम गणका नेपाली सेनाको सहयोगमा पानीमा सेलाइएको अध्यक्ष चौधरीले जानकारी दिए ।

बडादशैँको १० दिनसम्म पूजाअर्चना गरिएको मातादुर्गा भवानीसहित सबै देवी-देवतालाई आइतबार बिहान पुनः पण्डित ललित झा र पूजाकर्ता रामजीवन साहले विशेष पूजाअर्चना गर्दै दुर्गा पूजा बिसर्जन गरेका थिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ