arrow

दंगलमा पुलिसका त्रिलोकीले पछारे दिल्लीका पहलबान ओमकारलाई

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
kusti-nepal-india-triloki-omkar.jpg

रौतहट । नेपाल पुलिस क्लबसँग आबद्ध पहलवान त्रिलोकी यादवले भारतको राजधानी दिल्लीका नामुद पहलबान ओमकारलाई पराजित गरेका छन् । 

रौतहटको गरुडा नगरपालिका पिपरिया गाउँ घर भएका नेपाल प्रहरीका स्वर्ण पदक विजेता पहलवान त्रिलोकी कटहरियास्थित आयोजित दंगल कुस्ती पहलबानीमा दिल्लीका नामुद पहलवान ओमकारलाई सहज रुपमा हराएका हुन् ।

दुर्गा पूजाको अवसरमा कटहरिया बजारमा आयोजित कुस्ती प्रतियोगितामा नेपाली र भारतीय गरी ४० जना पहलबान लडेका थिए ।

भारतीय पहलबान ग्रुपको नेतृत्वकर्ता दिल्लीका चर्चित पहलवान अखाडामा आउँदा उनीसँग हात मिलाउन अन्य कुनै पहलबानले आँट गर्न सकेका थिएनन् । 

नेपाल प्रहरीमा आबद्ध रही केही समयअघि मात्र बंगलादेशबाट स्वर्ण पदक जितेर बडादशैँको बिदामा घर आएका पहलबान त्रिलोकी यादवले उनीसँग कुस्ती खेल्न हात मिलाएका थिए ।

कुस्तीमा भिडेको केही समयभित्रै उनले भारतीय पहलवान ओमकारलाई सहज रुपमा पछारेको आयोजक समितिका उपेन्द्र कुशवाहाले बताए ।

यस प्रतियोगितामा भारतबाट दिल्लीका पहलबानन ओमकार, पंजाबका सोनु, बिक्की, मुन्ना टाईगर, मेरठका गुल्ला, भिल्ला, मुजफरनगरका टाईगर, कानपुरका रवि, महाराष्ट्रका शिवम मिश्रा रहेका थिए । 

त्यसैगरी नेपालका लक्की थापा, नेपाल प्रहरीका त्रिलोकी यादव लगायत ४० जना पहलवानले कुस्ती खेलेको आयोजक समितिका उपेन्द्र कुशवाहाले बताएका छन् । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ