arrow

निकुञ्जभित्रै असुरक्षित बन्दै गैँडा, तीन महिनामा छ मृत भेटिए

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २८ सोमबार
rhinoes-killed.gif
फाइल तस्बिर

चितवन । चितवन राष्ट्रिय निकुञ्जमा तीन महिनामा ६ गैँडा मृत भेटिएका छन् । साउन महिनायता ती गैँडा मृत भेटिएका हुन् ।

निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार आर्थिक वर्ष २०८०/८१ मा पनि २१ वटा गैँडा मरेका थिए ।

जसमध्ये १८ गैँडा प्राकृतिक कारणले, दुई चोरी शिकारीले तथा एउटा गैँडा मृत्युको कारण खुल्न नसकेको उनले बताए । 

पछिल्लो गणनाअनुसार नेपालमा एकसिङ्गे गैँडाको सङ्ख्या सात सय ५२ रहेको छ ।

चितवन राष्ट्रिय निकुञ्जमा मात्रै छ सय ९४ गैँडा रहेका छन् ।

 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ