arrow

कोजाग्रत पूर्णिमाको दिन गण्डकीमा सार्वजनिक बिदा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
public-holiday-sarwajanik-bida.jpg

कास्की । बडादशैँको अन्तिम दिन आगामी कात्तिक १ गते बिहीबार कोजाग्रत पूर्णिमाका दिन गण्डकी प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । 

गण्डकी प्रदेश सरकारले सो दिन प्रदेशभरका सबै सरकारी कार्यालय, शैक्षिक संस्था र सार्वजनिक संस्थानहरुमा चाडपर्वको बिदा दिइएको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले जनाएको छ ।

प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकको निर्णयानुसार बिदाको सूचना प्रदेश राजपत्रमा प्रकाशित गरिएको छ । प्रदेश सरकारले कोजाग्रत पूर्णिमा सहित यस वर्ष चैते दशैँ र भानुजयन्तीमा समेत बिदा दिएको थियो ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ