केएमसीमा पेडियाट्रिक युरोलोजीमा प्रत्येक मंगलबार सहुलियतसहित शल्यक्रिया
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
701
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । नेपाली कांग्रेसका सांसद डा. सुनीलकुमार शर्माको काठमाडौँ मेडिकल कलेज पब्लिक लिमिटेड (केएमसी) ले आगामी कार्तिक १ गते बिहीबारदेखि अस्पतालमा बाल शल्य चिकित्सा विभागको पेडियाट्रिक युरोलोजी क्लिनिक अन्तर्गत १६ वर्षसम्म उमेरका बालबालिकाका लागि कम शुल्कमा शल्यक्रिया गर्ने भएको छ ।
केएमसीका प्रबन्धक एवं प्रमुख प्रशासकीय अधिकृत नारायणप्रसाद दाहालका अनुसार बिरामी बालबालिकाको शल्यक्रिया बढाउने उद्धेश्यले हरेक मंगलबार हर्निया–हाइड्रोसिल, अण्डकोशमा नझरेको अण्डा, पिसाबको मुख मुनि फर्किएको, लिङ्गको छाला नफर्किने अवस्था सम्बन्धी रोगको ओपीडी राख्ने उक्त रोगहरुको शल्यक्रिया गर्न लागिएको हो ।
यो रोगको शल्यक्रियामा तीन महिनासम्मका लागि २५ प्रतिशत छुटको व्यवस्था गरिएकोसमेत दाहालले बताए ।