arrow

कोहलपुर इलाका प्रहरी कार्यालय देशभरमै उत्कृष्ट, डीएसपी भण्डारी सर्वोत्कृष्ट घोषित 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज २९ मंगलबार
dsp-dharmaraj-bhandari-81-6.jpg

काठमाडौँ । जघन्य प्रकृतिका अपराधको अनुसन्धानमा अब्बल ठहरिएका इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेका प्रहरी प्रमुख डीएसपी धर्मराज भण्डारी देशभरका इलाका प्रहरी कार्यालयमध्ये सर्वोत्कृष्ट प्रहरी घोषित भएका छन् । 

प्रहरी प्रधान कार्यालयले इलाका प्रहरी कार्यालय कोहलपुर बाँकेलाई सर्वोत्कृष्ट प्रहरी कार्यालय र कार्यालय प्रमुख धर्मराज भण्डारीलाई यस वर्षको सर्वोत्कृष्ट प्रहरी घोषित  गरेको छ ।

आज प्रहरी प्रधान कार्यालयमा भएको एक भब्य कार्यक्रमका बीच भण्डारीलाई अभिलेखमा लेखिने गरी सर्वोत्कृष्ट प्रहरी घोषितसहित पुरस्कृत गरेको हो । भण्डारीलाई प्रहरी प्रधान कार्यालयका प्रहरी महानिरीक्षक (आईजीपी) बसन्तबहादुर कुँबरले सम्मान गरेका हुन् ।

अनुसन्धानमा डिएसपी भण्डारी अब्बल मानिन्छन् । ‘मूल्यांकनमा कार्यालयको साजसज्जादेखि सरसफाइ, अपराध अनुसन्धान, मुद्दा फर्स्योटलगायत कार्य विवरणको रेकर्ड राख्ने सिस्टमसहित सबै पक्षको व्यवस्थापनको अवस्था हेरिन्छ’, यी सबै विषयमा डीएसपी भण्डारी सर्वोकृष्ट घोषित भएका हुन् ।

प्रहरी प्रधान कार्यालयले प्रत्येक वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरी सर्वोत्कृष्ट हुने प्रहरी कार्यालयलाई पुरस्कृत गर्दै आएको छ । यस वर्ष पनि सोही प्रयोजनका लागि अन्तर प्रहरी कार्यालयको कार्यदक्षता मूल्यांकन गरिएको थियो ।

विभागीय मुल्य–मान्यता, आदेश–निर्देशनको पालना गरी व्यावसायिक, लगनशील र कर्तव्यनिष्ठ तबरले कर्तव्य पथमा तल्लीन रही उच्च मनोबल र साहसका साथ आफ्नो कर्तब्य निर्वाह गरी अपराध अनुसन्धानको क्षेत्रमा विशेष योगदान पुर्याएको कारणले सर्वोत्कृष्ट प्रहरी घोषित गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ