arrow

बैंकहरुले कार्तिकमा पनि घटाए ब्याजदर, कुनमा कति ?

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
banks-nepal-final.jpg

काठमाडौँ । बैंकहरुले कार्तिक महिनामा पनि ब्याजदर घटाएका छन् । अधिकांश वाणिज्य बैंकले कार्तिकका लागि मुद्दति निक्षेपको ब्याजदर घटाएका हुन् । केही बैंकहरुले अघिल्लै महिनाको ब्यजदरलाई निरन्तरता दिएका छन् । 

१ महिनाको अवधिमा १० बैंकको ब्याजदर घटेको छ भने ९ बैंकले असोज महिनाकै ब्याजदरलाई कार्तिकमा पनि निरन्तरता दिएका छन् । 

व्यक्तिगततर्फ मुद्दति निक्षेपको ब्याजदर कार्तिक महिनाका लागि औसत ६.१८ प्रतिशत कायम भएको छ । असोजको लागि औसत ब्याजदर ६.३८ प्रतिशत कायम भएको थियो ।

यसरी औसतमा हेर्दा १ महिनामा २० बैंकहरुको औसत ब्याजदर ०.१९ प्रतिशत बिन्दुले घटेको हो । 

सिटिजन्स बैंकले ०.४० प्रतिशतले ब्याजदर घटाउँदा नेपाल बैंकको असोज महिनाकै जत्ति रहेको छ । 

नेपाल बैंकको जत्ति नै समान रहेका बैंकहरुमा एभरेष्ट, कुमारी, ग्लोबल आईएमई, नेपाल इन्भेष्टमेन्ट मेगा, माछापुछ्रे, प्रभु, नेपाल एसबीआई, एनएमबी बैंक रहेका छन् । 

ब्याज घटाउने बैंकहरुमा लक्ष्मी सनराइज, प्राइम कमर्सियल, नबिल, स्टयान्डर्ड चार्टर्ड, एनआईसी एसिया, कृषि विकास, राष्ट्रिय वाणिज्य, सिद्धार्थ र हिमालयन बैंक रहेका छन् । 

असोजको तुलनामा कार्तिकमा ब्याज बढाउने बैंकहरुमा सानिमा बैंक मात्र रहेको छ । सानिमाले ०.२५ प्रतिशत ब्याजदर बढाएको छ । 

पछिल्ला महिनाहरुमा बैंकहरुले लगातार जसो ब्याजदर घटाइरहेका छन् ।

ब्याजदर घट्दा कर्जा लिनेहरुलाई निकै ठूलो राहत हुने भए पनि मुद्धतिमा राखेर केही ब्याजदर बढाएर राहत खोज्नेहरुलाई भने चिन्ता बढाइदिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ