arrow

धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच रुसी आरोहीको शव काठमाडौँमा

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
dhaulagiri-hills-altitudehimalaya.jpg
तस्बिर – फाइल ।

म्याग्दी । धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव सङ्कलन गरेर आज काठमाडौँ लगिएको छ ।  सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरुको शव भेटिएको थियो । 

रुसी पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ पठाएको जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रमुख प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठले जानकारी दिए । 

एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेनसमित ट्रेकका सञ्चालक मिङ्मा शेर्पा सहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेका थिए । 

इटली आधार शिविरबाट शवलाई काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा पठाएको प्रनाउ श्रेष्ठले बताए ।

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । 

प्रहरीका अनुसार रुसीका अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका हुन् । 

आई एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रुसी पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सातजना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ