arrow

तौथली मनाइयो दही छ्याप्ने जात्रा [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
dahi-jatra-81-6-30-(15).jpg

सिन्धुपाल्चोक । एकआपसमा दही छ्यापाछ्याप गरेर मनाइने दही छ्याप्ने जात्रा सिन्धुपाल्चोकको त्रिपुरा सुन्दरी गाउँपालिका– ५ स्थित तौथलीमा सम्पन्न भएको छ ।

विजयादशमीको भोलिपल्ट दशैँ सकिएको सङ्केत गर्दै खड्ग जात्रासँगै त्रिपुरासुन्दरी माईलाई दही चढाएपछि एक आपसमा दही छ्यापाछ्याप गरेर हर्षोल्लासका साथ मनाइने जात्रा सम्पन्न भएको हो ।

तेह्रौँ शताब्दीको मल्लकालदेखि शुरु भएको उक्त जात्रा यहाँबाहेक अन्त  कतै नभएको र तौथलीको त्रिपुरासुन्दरी माईको मन्दिरमा प्रत्येक वर्ष लाग्दै आएको त्रिपुरासुन्दरी गाउँपालिकाका समाजसेवी विष्णुकुमार श्रेष्ठले बताए । 

‘ललिता त्रिपुरासुन्दरी महादेवी’को मन्दिरमा जात्रा पुग्दा सबैतिर दही नै दहीले सेताम्मे भइसकेको देखिन्थ्यो । ‘महाकाली भगवती (ललिता त्रिपुरासुन्दरी) ले महिषासुरको वध गरेको खुशीयालीमा मल्लकालदेखि हालसम्म यहाँ दही जात्रा हुँदै आएको छ श्रेष्ठले बताए  । 

गुठियार, स्थानीयले  भैँसीले सधै दूध दिइरहोस्  र पशुपालन, व्यवसाय सप्रिँदै जाने कामनामा यसरी दही ल्याएर चढाउने गरिएको हो । ‘खासमा दही प्रसादको रुपमा बाँडिएको हो, सबैलाई दिएर साध्य नहुने भएपछि चारैतिर छ्यापाछ्याप गरिन्छ ,’उनले भने ।

हनुमान ढोका दिगु तलेजुका सात छोरीमध्ये कान्छी छोरी मानिने त्रिपुरासुन्दरी देवीको रोचक जात्रा, पूजा र बली बडादशैँको फूलपातीबाट नै शुरु हुने गर्छ । विजयादशमीको फूलपतीको दिन मन्दिरकै मान्यताअनुसार त्रिपुराकै धुस्कुनका पहरी समुदायले तीन वटा माछा चढाउँछन् । 

महाअष्टमीको दिन कालो रंगको बोकाको मात्रै बली दिइन्छ । दशमीको रात यहाँ वर्षमा एकपटक मात्रै देखिने दुर्लभ भैरव, कुमारी, चण्डी, स्याल कहनजस्ता नृत्य जात्रा हुन्छ ।

dahi-jatra-81-6-30 (1).jpg
dahi-jatra-81-6-30 (2).jpg
dahi-jatra-81-6-30 (3).jpg
dahi-jatra-81-6-30 (4).jpg
dahi-jatra-81-6-30 (5).jpg
dahi-jatra-81-6-30 (6).jpg
dahi-jatra-81-6-30 (7).jpg
dahi-jatra-81-6-30 (8).jpg
dahi-jatra-81-6-30 (9).jpg
dahi-jatra-81-6-30 (10).jpg
dahi-jatra-81-6-30 (11).jpg
dahi-jatra-81-6-30 (12).jpg
dahi-jatra-81-6-30 (13).jpg
dahi-jatra-81-6-30 (14).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ