arrow

निधनको सात दिनपछि पाँच रुसी आरोहीको शव काठमाडौँमा [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
russian-mountaineers-corp-k.jpg

काठमाडौँ । धौलागिरी हिमाल आरोहणका क्रममा ज्यान गुमाएका पाँच जना रुसी पर्वतारोहीको शव काठमाडौँ ल्याइएको छ । सात हजार एक सय मिटर उचाइमा मृतावस्थामा उनीहरुको शव भेटिएको थियो । 

रुसी पर्वतारोहीको शव हेलिकप्टरमार्फत काठमाडौँ ल्याइएको हो । एयर अल्टिच्युडको हेलिकप्टरबाट हिमालमा पुगेका सेभेनसमित ट्रेकका सञ्चालक मिङ्मा शेर्पा सहितको शेर्पाको टोलीले शव उठाएर इटली आधार शिविर झारेपछि शव काठमाडौँस्थित त्रिविवि शिक्षण अस्पतालमा ल्याइएको हो । 

आधार शिविरको हाइक्यापमा बास बसेर धौलागिरि आरोहणका लागि गएका उनीहरु सात हजार छ सय मिटरको उचाइबाट यही असोज २१ बिहान ११ बजेदेखि सम्पर्कविहीन भएका थिए । 

प्रहरीका अनुसार रुसी अलेक्जेन्डर दुशेको, ओलेग कुर्गलोभ, भ्लालिमिर चिस्तिकोभ, मिखाइल नोसेन्को र डिमित्री शालिलेभोइको शव २३ गते दिउँसो भेटिएको थियो ।

हेलिकप्टर अवतरण गर्न र मानिस हिँडेर पुग्न नसकिने ठाउँमा रहेको शव मौसमको खराबी र प्रतिकूल भूगोलका कारण सङ्कलन गरेर घटनास्थलबाट ल्याउन ढिलाइ भएको हो । उद्धारकर्ता हेलिकप्टरबाट रसीमा झुन्डिएर शव भएको ठाउँमा पुगेका थिए ।

आई एम ट्रेकिङ एन्ड एक्सपिडिसनमार्फत १४ जना रुसी पुरुष पर्वतारोहीहरु धौलागिरि हिमाल आरोहणका लागि गएका थिए । दुई जनाले सफल आरोहण गरेका थिए । सात जना पर्वतारोहीहरुले बीचमै आरोहण रद्द गरेर फर्किएका थिए । 

यसअघि शव ल्याउन हिमालमा गएको हेलिकप्टर रित्तै फर्किएको थियो । संसारको सातौँ (८,१६७ मिटर) अग्लो धवलागिरि हिमाल म्याग्दीको धवलागिरि गाउँपालिका–४ मा पर्छ । पर्यटन विभागका अनुसार चालु शरद्याममा रुसका १४ जनाले मात्र धौलागिरि आरोहणको अनुमति लिएका थिए । 

russian-mountaineers-corpse-kathmandu (5).jpg
russian-mountaineers-corpse-kathmandu (6).jpg
russian-mountaineers-corpse-kathmandu (7).jpg
russian-mountaineers-corpse-kathmandu (8).jpg
russian-mountaineers-corpse-kathmandu (1).jpg
russian-mountaineers-corpse-kathmandu (2).jpg
russian-mountaineers-corpse-kathmandu (3).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ