arrow

रौनक प्रहरी दिवसको [फोटोफिचर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ असोज ३० बुधबार
69th-policeday-(22).jpg

काठमाडौँ । नेपाल प्रहरीले ६९ औँ स्थापना दिवस भव्यपूर्वक मनाएको छ । प्रहरी प्रधान कार्यालय नक्सालमा बुधबार विशेष कार्यक्रम गरी प्रहरीले ६९ औँ स्थापना दिवस मनाएको हो । 

२०१२ सालमा स्थापना भएको नेपाल प्रहरी अहिले मुलुकको अपरिहार्य र महत्वपूर्ण संस्थाका रूपमा स्थापित भइसकेको छ । 

सो अवसरमा प्रधानमन्त्री केपी शर्मा ओली, गृहमन्त्री रमेश लेखक लगायत रहेका थिए ।  गृहमन्त्री लेखकले प्रहरी संगठनको वृहत्तर हित र उन्नतिका लागि आफू प्रतिबद्ध रहेको बताए । 

गृह मन्त्रालयले प्रहरी ऐन, २०१२ लाई प्रतिस्थापन गरी नेपाल प्रहरीको सुदृढीकरण गरी सेवाको विशिष्टिकरण, प्रहरी कर्मचारीको हित र कल्याणका नयाँ र उत्कृष्ट प्रावधानहरू पहिचान गरी विधेयकमा समाविष्ट गरिएको उनको भनाइ छ । 

प्रस्तावित विधेयकले ऐनको हैसियत प्राप्त गरे पश्चात नेपाल प्रहरीको वृहत्तर हित र वर्षौँ वर्षदेखिका हाम्रा अपेक्षाहरू पूरा हुने गृहमन्त्री लेखकले विश्वास व्यक्त गरे । 

गृहमन्त्री लेखकले कर्तव्यपालनका क्रममा मृत्युवरण गरेका र घाइते भएका प्रहरी कर्मचारीहरुको योगदानको उच्च मूल्याङ्कन गर्न हुने बताए ।

सुरक्षा निकायको कमी कमजोरीले सरकारले नै आलोचना व्यहोर्नु पर्ने भएकाले थप सतर्कताका साथ काम गर्न गृहमन्त्री लेखकले निर्देशन दिए ।

कार्यक्रममा विभिन्न झाँकी प्रस्तुति गरिएको थियो । त्यस्तै विभिन्न विधाका उत्कृष्टहरुलाई सम्मानसमेत गरिएको थियो भने कदरपत्रसमेत दिइएको थियो ।
 

69th-policeday (19).jpg
69th-policeday (20).jpg
69th-policeday (1).jpg
69th-policeday (2).jpg
69th-policeday (3).jpg
69th-policeday (4).jpg
69th-policeday (5).jpg
69th-policeday (6).jpg
69th-policeday (7).jpg
69th-policeday (8).jpg
69th-policeday (9).jpg
69th-policeday (10).jpg
69th-policeday (11).jpg
69th-policeday (12).jpg
69th-policeday (13).jpg
69th-policeday (14).jpg
69th-policeday (15).jpg
69th-policeday (16).jpg
69th-policeday (17).jpg
69th-policeday (18).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ