arrow

आशा

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
beti-bajcharya-81-7-3.jpg

उसको खेत बाँझो छैन 
खेत खन्नेहरू परदेशमै भए पनि 
खेत जोत्न सक्छ 
पानी राम्ररी नहुँदा
यसपालि अन्नपात भएन
ऊ छैन निराश
हर दिनको शुरूआतमा
देउतासँग भन्ने गर्छ 
मेरा आत्माभित्रको चक्षु
कहिले धमिलो नहोस् 
किनकि म पर्खिरहेको छु 
अनगिन्ती मित्रहरूसँग 
त्यो बाटो कुरेर 
हाम्रा सुख दुःख सोधिदिने
अवश्य कोही आउने छ ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ