arrow

आफ्नाबारे म के भनुँ ? 

logo
कविता गौतम, 
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
kabita-gautam-81-7-3.jpg

सायद म धेरै महत्वाकांक्षी भएँ 
या मेरो मनोबल अति कमजोर भयो 
सोचेको कुरा पूरा नहुँदा जिन्दगी 
बर्बाद भयो 
बोलीको किमत के राख्नु 
यहाँ मेरो मौनता नै वजनदार भयो 
 मैले जित्नै पर्ने परिस्थितिमा पनि हार बेहोरेकी छु
मलाई गिराउने हरेकको बोली र बचन स्याहारेकी छु
मैले जे जे सोच्छु त्यसको ठ्याक्कै उल्टो 
फललाई पनि खुशी खुशी अँगालेकी छु
आँखा एकछिन नओभाउँदा पनि
ओँठमा मुस्कान सजाइराखेकी छु
रङ्गहीन आँसु बग्दा ती रंगीन सपनाहरू
बचाइराखेकी छु
कसैको साथ नहुँदा पनि हरेक चोटि 
म आफूलाई अडाइराखेकी छु
हार्न मलाई फिटिक्कै मन पर्दैन 
भाग्य यस्तै हो या समय 
म सधैं हारेकी छु
आफ्नो मनको मशानघाटमा 
सपनाको कात्रो ओढाइ
आफ्नो देह गाडेकी छु 
आफ्नो रहर बचाउन 
म बाध्यताको अगाडि 
पल पल नमरेको होइन 
समय आउँछ तेरो पनि भन्थे 
अनि 
मैले धैर्य नगरेको पनि होइन 
म सोचिरहेँ सफलताबारे 
सफलताले मेरो ढोका टेक्न चाहेन 
म सोचिरहेँ गन्तव्य पुगेपछिको खुशीबारे 
गन्तव्यले मेरो पाइला देख्न रुचाएन 
म गरिरहेँ मेहनत 
र फलको आशामा 
भाग्यले खुशी हात पर्नै दिएन ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ