arrow

रोकेर राखिएको सार्वजनिक बसमा आगलागी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ३ शनिबार
bus-aaglagi.jpg

ललितपुर । ललितपुरको सातदोबाटोमा रोकेर राखिएको सार्वजनिक बसमा आगलागी भएको छ ।

ललितपुर महानगरपालिका-१५ सातदोबाटो चोक नजिक रोकेर राखेको अवस्थामा आज अपराह्न चक्रपथमा चल्ने महानगर यातायातको बा४ख १०६ नंको बसमा आगलागी भएको जिल्ला प्रहरी कार्यालय ललितपुरका सूचना अधिकारी तथा प्रहरी उपरीक्षक रवरत्न पौडेलले दिए ।

सातदोबाटोबाट ग्वार्कोतर्फ जाँदै गरेको बस ‘बस पाकेट’मा रोकेर राखिएको अवस्थामा अचानक तार ‘सट’ भई आगलागी भएको उनले जानकारी दिए ।

बसमा आगलागी भएको खबर प्राप्त हुनासाथ प्रहरी टोली र ललितपुर महानगरपालिकाका दुई वटा दमकल प्रयोग गरेर आगो निभाइएको थियो । आगलागीबाट बस पूर्णरूपमा क्षति भएको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ