आईएमएफको बैठकमा भाग लिन अर्थमन्त्री पौडेल अमेरिका जाँदै
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ५ सोमबार
907
Shares
तस्बिर – फाइल ।
काठमाडौँ । उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल विश्व बैंक समूह र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को वार्षिक बैठकमा भाग लिन अमेरिका जाँदैछन् । उनी आज राति अमेरिकाको वासिङटन डीसीतर्फ जान लागेको उनको सचिवालयले जनाएको छ ।
डीसी र न्यूयोर्कमा रहँदा अर्थमन्त्री पौडेलले द्विपक्षीय तथा बहुपक्षीय भेटवार्ता गर्नेछन् ।
उनी कार्तिक दोस्रो साता स्वेदश फर्किने कार्यक्रम छ ।