arrow

राप्रपा नेपालले ‘तराई मधेस राष्ट्रिय सम्मेलन’ गर्ने

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ६ मंगलबार
kamal-thapa-niskarsa.jpg
फाइल तस्बिर

काठमाडौँ । कमल थापा नेतृत्वको राप्रपा नेपालले कार्तिक २६ र २७ गते वीरगञ्जमा ‘तराई मधेस राष्ट्रिय सम्मेलन’ गर्ने भएको छ । पार्टीको हालै सम्पन्न केन्द्रीय कार्य सम्पादन समिति बैठकले उक्त निर्णय गरेको हाे ।

सम्मेलनमा तराई मधेसका २१ जिल्लाका केन्द्रीय सदस्य, जिल्ला अध्यक्ष तथा पार्टी आवद्ध बुद्धिजीवी सहभागी हुनेछन् ।

सम्मेलनमा तराई मधेशको आर्थिक सामाजिक विकासको विशेष कार्ययोजनाका बारेमा छलफल हुने पार्टी प्रवक्ता वसन्तमान सिंह अधिकारीले जानकारी दिए । सम्मेलन आयोजनासम्बन्धी संयोजनको जिम्मेवारी पार्टीका वरिष्ठ उपाध्यक्ष राजीव पराजुलीलाई दिइएको छ ।

प्रवक्ता अधिकारीकम अनुसार मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनमा पार्टीको सहभागिता र चुनावी अभियान परिचालनका लागि उपाध्यक्ष तारानाथ लुइँटेलको संयोजकत्वमा समिति गठन गरिएको छ।

यसैगरी आगामी मंसिर र पुसमा ‘काठमाडौँ उपत्यकाव्यापी जनजागरण अभियान’ सञ्चालन गर्नका लागि पार्टीका महामन्त्री ईन्द्र चित्रकारको संयोजकत्वमा अभियान सञ्चालन समिति गठन गरिएको छ ।

विद्यमान भ्रष्ट व्यवस्था र भ्रष्ट शासकबाट देशलाई मुक्त तुल्याउन समान विचारधारा भएका राष्ट्रवादी शक्तिका बीच एकता र सहकार्यको निमित्त बैठकले आह्वान गरेको प्रवक्ता अधिकारीले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ