arrow

राष्ट्रिय मोर्चा नभएसम्म राजावादीको आन्दोलन निरथर्कः कमल थापा

logo
हाम्रा कुरा
प्रकाशित २०८० चैत ३ शनिबार
kamal-thapa-80-12-03.jpeg

काठमाडौँ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले देशमा हाल कायम संघीय धर्मनिरपेक्ष गणतन्त्र असफल प्रमाणित भएको दाबी गर्दै गणतन्त्र लुटतन्त्रमा परिणत भएको आरोप लगाएका छन् ।

पार्टी कार्य सम्पादन समितिको विस्तारित बैठकमा बोल्दै थापाले अहिले मुलुकमा सिमित राजनितीक दलका नेताले सिण्डिकेट खडा गरेर राज्य सन्चालन गरिरहेको समेत टिप्पणी गरेको समेत जनाएका छन ।

थापाले अहिलेको राज्य प्रणाली र शासकबर्गप्रती जनतामा वितृष्णा रहेको भन्दै भ्रष्ट ब्यवस्था र शासकबाट जनताले मुक्ति खोजेको बताए। सबै अटाउन सक्ने मौलिक प्रजातन्त्रले मात्र मुलुकको राष्ट्रिय सुरक्षा, समावेशी प्रजातन्त्र र आर्थिक समृद्धिको ग्यारेन्टी गर्ने भन्दै थापाले जनताको भरोसा टुटेको ब्यवस्थाले निकास दिन नसक्ने दाबी गरे । 

आफुलाई राजसंस्था र हिन्दूराष्ट्रको पक्षधर भन्नेहरुले समयको महत्वलाई बुझ्न नसकेको भन्दै थापाले राजसंस्था र हिन्दूराष्ट्रको सम्भावनालाई तुहाइदिने आत्मघाती सोचबाट मुक्त हुनुपर्नेसमेत बताए।

बृहत् राष्ट्रिय मोर्चा निर्माण नभएसम्म कुनै पनि पक्षबाट एकाङ्की रुपमा गरिने आन्दोलन निरर्थक र औचित्यहीन अभ्यास हुने स्पष्ट हुने हुँदा मोर्चा निर्माणमा राप्रपा नेपाल निरन्तर प्रयत्नशील रहेकोसमेत उनले स्पष्ट पारे । 

सामूहिक नेतृत्व र  सबैको सहभागिताको सिद्धान्तको आधारमा सहकार्य र मोर्चा निर्माणमा आफुहरुको प्रयास हुने थापाको कथन छ।

बैठकले मिटरब्याज, लघुबित्त, सहकारी र बैंकबाट पीडित लाखौँ जनताको समस्या समाधानलाई सरकारले उच्च प्राथमिकता दिनुपर्नेसमेत निर्णय गरेको छ। 

पछिल्लो राजनीतिक घटनाक्रम, पार्टीको आगामी कार्यक्रम, सकृय सदस्यता वितरण अभियान, उपनिर्वाचन र संगठन सुदृढीकरण लगायतका विषयमा बैठकमा छलफल भएको राप्रपा नेपालका महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ