arrow

ग्राहकलाई दिने ब्याज घटाएका वाणिज्य बैंकहरुले तीन महिनामा गरे १६ अर्ब २३ करोड नाफा 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ७ बुधबार
banks-nepal-final.jpg

काठमाडौँ । वाणिज्य बैंकहरुको नाफा ह्वात्तै बढेको छ । २० वाणिज्य बैंकहरुले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेकामा विगतको तुलनामा नाफा बढेको छ ।  

पछिल्ला केही महिनादेखि ग्राहकलाई दिने ब्याज निरन्तर घटाइरहेका बैंकहरुको समग्रमा खुद नाफा गत वर्षको यसै अवधिको तुलनामा २१.६३ प्रतिशतले बढेको छ । 

गत असोज महिनासम्म बैंकहरुले १६ अर्ब २३ करोड १९ लाख रुपैयाँ खुद नाफा कमाएका छन् । गत वर्ष उक्त नाफा १३ अर्ब ३४ करोड रुपैयाँ रहेको थियो । 

सबैभन्दा धेरै नाफा कमाउने बैंकमा नबिल बैंक अगाडि देखिएको छ । नबिलले ३ महिनामा २ अर्ब ५ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

त्यसैगरी ग्लोबल आईएमई बैंकले १ अर्ब ५१ करोड, नेपाल इन्भेष्टमेन्ट मेगाले १ अर्ब ४६ करोड, प्राइम कमर्सियलले १ अर्ब २८ करोड, एनएमबी बैंकले १ अर्ब १४ करोड रुपैयाँ कमाएको छ । 

त्यस्तै एभरेष्ट बैंकले १ अर्ब १२ करोड, कुमारी बैंकले १ अर्ब ७ करोड र प्रभुले १ अर्ब ४ करोड रुपैयाँ खुद नाफा कमाएको छ । 

यो अवधिमा सबैभन्दा कम एनआईसी एसिया बैंकले ११ करोड रुपैयाँमात्र नाफा कमाएको छ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ