arrow

सहकारी ठगी प्रकरण

अदालतलाई दबाब दिन रास्वपा नेताहरु अझै पोखरामा, प्रतिशोधमा रविलाई पक्राउ गरेको स्वर्णिमको तर्क

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
swarnim-manish-rsp.jpg

पोखरा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सरकारले राजनीतिक प्रतिशोधको साँधेर आफ्नो पार्टीका सभापति रवि लामिछानेलाई पक्राउ गरेको आरोप लगाएको छ ।

बिहीबार बिहान पोखरामा पत्रकार सम्मेलन गरेर रास्वपा उपसभापति डा स्वर्णिम वाग्लेले सहकारी ठगी प्रकरणसँगै संगठित अपराधको आरोपमा पक्राउ परेका लामिछानेमाथि राजनीतिक प्रतिशोध पुष्टि भएको बताए ।

डा वाग्लेले लामिछानेलाई १२५ घण्टा हिरासतमा राख्दा ४–५ घण्टामात्र बयान लिइएको भन्दै प्रतिशोधले पक्राउ गरेको पुष्टि भएको बताए ।

उनले भने, ‘सरकारले मानमर्दन गर्ने, अपमान गर्ने शैलीमा सरकार प्रस्तुत भएको छ, यसको एउटै मकसद के हो त तेरो सेखी झार्छु, देखाइदिन्छु भन्ने शैलीमा सरकार प्रस्तुत भएको छ । राजनीतिक प्रतिशोधले नै पक्राउ गरेको हिजो साँझसम्मको घटनाक्रमले पुष्टि भएको छ ।’

साथै वाग्लेले न्यायालयको गरिमा र आँच पुग्ने कुरामा आफूहरुले कुनै काम नगरेको बताउँदै आफूहरुको प्रश्न राजनीतिक भएको र कार्यपालिकाप्रति भएको बताए ।

अनुसन्धान गर्न जसलाई पनि पाइन्छ भन्ने रास्वपाले अहिले आफू सरकार बाहिर भएपछि आफ्नै पार्टीका सभापति पक्राउ पर्दा भने प्रतिशोध भनेको छ । लामिछाने पूर्व गृहमन्त्री हुन् । उनकै पालामा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरालाई पक्राउ गरेर तत्काल छाडेका थिए । 

कतिपय अपराधमा संलग्न भएका भनिएकालाई कारबाही प्रक्रिया अगाडि बढाउन नदिने काम पनि गरेका थिए । तर अहिले आफू पक्राउ पर्दा भने प्रतिशोध भनिरहेका छन् । 

यसैबीच लामिछानेलाई पोखरामा अनुसन्धानका लागि थप म्याद लिएर बयानका लागि रुपन्देही पठाउने तयारी प्रहरीले गरेको छ । यसअघि गोर्खा मिडियाका पूर्व संचालक एवं पूर्व डीआईजी छविलाल जोशीलाई पनि रुपन्देही लगेर बयान लिएर पोखरा ल्याइएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ