arrow

दाना चक्रवाती आँधीको चेतावनीपछि भारत सतर्क, ओडिशाका १४ जिल्लाका १० लाख मानिसलाई अन्यत्र सारियो

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
india-cyclone-24-10-24.jpg

काठमाडौँ । भारतमा चक्रवाती आँधी दानाको चेतावनी जारी गरिएको छ । बिहीबार पश्चिम बंगाल र ओडिशाको तटमा पुग्ने बताइएको छ । भारतीय मौसम विज्ञान विभागले दाना आँधीबारे जानकारी दिदै आँधीले गत राति घातक चक्रवाती आँधीको रुप लिएको छ र विगत ६ घण्टादेखि १२ किलोमिटर प्रतिघण्टाको गतिमा उत्तर–पश्चिम दिशामा सरेको बताएको छ ।

दाना आँधी अहिले मध्य र उत्तर(पश्चिम बंगालको खाडीमा ओडिशाको पराद्वीपबाट २६० किलोमिटर दक्षिण(पश्चिममा रहेको छ । उत्तरपश्चिमबाट उत्तरी ओडिशा र पश्चिम बंगालतर्फ सर्ने सम्भावना रहेको विभागले बताएको छ । 

आँधीको चेतावनीपछि पश्चिम बंगाल सरकारले नौ जिल्लाका सबै विद्यालय बन्द राख्न निर्देशन दिएको छ । जिल्ला प्रशासनले माछा मार्नेहरुलाई समुन्द्रमा नजान आग्रह गरेको छ । समुन्द्रमा गएका मछुवाहरुलाई फिर्ता बोलाइएको छ । तटीय क्षेत्रमा माइकमार्फत सर्वसाधारणलाई सचेत गराइएको छ ।

त्यस्तै ओडिशाको प्रसिद्ध पर्यटकीय गन्तव्य पुरीबाट मंगलबार पर्यटकलाई बाहिर निकालिएको छ । प्रदेशका १४ जिल्लाका सबै विद्यालय २३ गतेदेखि २५ गतेसम्म बन्द रहनेछन् । दानालाई ध्यानमा राख्दै राष्ट्रपति द्रौपदी मुर्मूको भ्रमण पनि स्थगित गरिएको छ ।

भुवनेश्वर मौसम केन्द्रका अनुसार भूमिपतन प्रक्रिया पाँच घण्टासम्म चल्नेछ । १२० किलोमिटर प्रतिघण्टाको रफ्तारमा तुफान आडिशाको उत्तरी क्षेत्रमा जानेछ । 

तटीय क्षेत्रमा २० सेन्टिमिटरसम्म वर्षा हुन सक्नेछ । ओडिशाका १४ जिल्लामा १० लाख मानिसलाई अन्यत्र सारिएको छ । 

त्यस्तै भुवनेश्वर र कोलकाताका दुई विमानस्थलमा आज साँझ ५ बजेदेखि भोलि बिहान ९ बजेसम्म करिब १६ घण्टा ३०० फ्लाइट स्थगित रहने छन् । 

त्यस्तै साउथ इस्ट रेलवले १५०, इस्ट कोस्ट रेलवेले १९८, इस्टन रेलवेले १९० तथा साउथ इस्ट सेन्ट्रल रेलवेले १४ रेल रद्द गरेको छ । कुल ५५२ रेल रद्द भएका छन् । 

पुरीको जगन्नाथ मन्दिर परिसरमा सबै अस्थायी टेन्ट हटाइएको छ । 


 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ