arrow

सहकारी ठगीमा रवि लामिछानेविरुद्ध रुपन्देहीबाट पनि पक्राउ पुर्जी जारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ८ बिहिबार
ravi-lam-07-03.jpg
तस्बिर – फाइल ।

बुटवल । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई जिल्ला अदालत रुपन्देहीले पक्राउ गर्न अनुमति दिएको छ ।

जिल्ला अदालतका न्यायाधीश श्यामप्रसाद श्रेष्ठको एकल इजलासले लामिछानेसहित १२ जनालाई सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको बचत रकम हिनामिना गरेको आरोपमा पक्राउ गर्न अनुमति दिएको हो ।

रवि अहिले कास्की जिल्ला अदालतको अनुमतिपछि जिल्ला प्रहरी कार्यालय कास्कीको हिरासतमा छन् । गत कार्तिक २ गते पक्राउ परेका उनको बिहीबार थप सात दिन म्याद थपिएको छ । योसँगै उनी आगामी कार्तिक १९ गतेसम्म हिरासतमै रहने छन् । 

२० गतेमात्र उनलाई अदालतमा लगिने छ । 

 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ