arrow

निर्मल पुर्जाले राखे विश्वका सातै शिखर अक्सिजन सहित र रहित आरोहणको कीर्तिमान [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक ९ शुक्रबार
nirmal-purja-record-holder-summiters.jpg

काठमाडौँ । हिमाल आरोहणको विशाल विरासत र इतिहास बोकेको नेपाल र नेपालीका लागि मात्र नभई समग्र विश्वभरि नै पर्वतारोहण र आत्मविश्वासको पर्यायवाची बनेका निर्मल पुर्जा शुक्रबार इन्डोनेसियाबाट नेपाल फर्किएका छन् । 

सेभेन समिटको अन्तिम गन्तव्य चुचुरो इन्डोनेसियाको कार्सटेन्ज पिरामिड आरोहण गरेर नयाँ कीर्तिमानका साथ पुर्जा यस पटक नेपाल फर्किएका हुन् । 

कार्सटेन्ज पिरामिड विश्वको सात शिखर सम्मेलनहरूमध्ये एक हो र यो इन्डोनेसियामा पपुवा प्रान्तमा अवस्थित छ। 

कार्सटेन्ज पिरामिड चुचुरोमा उभिएर निर्मल पुर्जाले आफ्नो सेभेन समिट च्यालेन्ज पूरा गरेका छन् ।

केवल २ वर्ष ४ महिना र २८ दिनमा विश्वका १४ अग्ला चुचराहरु अक्सिजन बिना आरोहण गरी गत अक्टोबर २ तारिखमा उनले विश्व कीर्तिमान कायम गरेका थिए ।

त्यसपछि सेभेन समिटको आरोहण गर्ने तृष्णाका साथ अघि बढेका आरोही निर्मल पुर्जा कार्सटेन्ज पिरामिड आरोहण गरेर सेभेन समिटको सातै समिटहरू उक्लेर नेपाल फर्किएका हुन् ।

यसका अलावा निर्मल पुर्जा विश्वको एक मात्र यस्ता पर्वतारोही हुन् जसले केवल ५ वर्ष ५ महिना र १२ दिनमा विश्वका सर्वाधिक अग्ला १४ चुचुराहरू अक्सिजनसहित र अक्सिजन बिना गरी आरोहण गरेर विश्व कीर्तिमान राखेका छन् । 

सन् २०१९ को अप्रिल २३ बाट शुरु भएको उनको यो अठोट सन् २०२४ अक्टोबर ४ मा आएर पूरा भएको हो।
 

nirmal-purja-record-holder-summiters (1).jpg
nirmal-purja-record-holder-summiters (2).jpg
nirmal-purja-record-holder-summiters (3).jpg
nirmal-purja-record-holder-summiters (4).jpg
nirmal-purja-record-holder-summiters (5).jpg
nirmal-purja-record-holder-summiters (6).jpg
nirmal-purja-record-holder-summiters (7).jpg
nirmal-purja-record-holder-summiters (8).jpg
nirmal-purja-record-holder-summiters (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ