arrow

एक्लो म

logo
कविता गौतम,
प्रकाशित २०८१ कार्तिक १० शनिबार
kabita-gautam-81-7-10.jpg

मबाट सबै टाढिदै छन् 
म कसैलाई रोक्न चाहन्न
एक्लो यति भएछु 
अचेल कसैलाई भन्नै मन लाग्दैन 
कोही नभए पनि बाँचिने रैछ
साथ कसको थियो र 
म थिएँ सधैँ सबैको लागि
 तर मेरा लागि को थियो र 
 मैले रैछ आफ्नो सोच्ने
सधैँ सबैलाई साथमा राख्न खोज्ने 
उनीहरु त मतलबी
कोही नपाएपछि मात्र मलाई रोज्ने 
हो,
हो म मल्हम उनीहरुको
तर उनीहरु नै मेरो घाउ भएका छन् 
टाढिएर मसँग अहिले
अरु नै कसैको खास भएका छन्
अब नसोध्नु है मलाई 
म किन टाढिएँ
तिमीले सम्झेनौ 
अनि मैले तिमीलाई बिर्सिएँ । 
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ