arrow

कहाँ गयो साइबर सेना ?

ओलीलाई प्रधानमन्त्रीबाट हटाउने अभियानमा देशी, विदेशी प्रतिक्रियावादीहरू - सञ्चारमन्त्री [भिडियो]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक १५ बिहिबार
prithivi-subba-07-14-01.jpg

काठमाडौँ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले देशी-विदेशी प्रतिक्रियावादीहरू प्रधानमन्त्री केपी शर्मा ओलीलाई पदबाट हटाउने अभियानमा रहेको टिप्पणी गरेका छन् । देश र जनताका लागि निःश्वार्थ भावका साथ काम गरिरहेको व्यक्ति ओली भए पनि उनलाई देशी, विदेशी प्रतिक्रियावादीहरुले एक्लाउने र पदबाट हटाउने अभियान नै सञ्चालन गरिरहेको मन्त्रीसन्त्री गुरुङको जिकिर थियो । 

उनले ओलीलाई एक्लाउने षड्यन्त्रविरुद्ध प्रतिवाद गर्न पनि एमाले, नेता कार्यकर्तालाई सचेत गराए । उनले ओलीमाथिको आक्रमण सिंगो नेपाल र नेपालीमाथिको आक्रमण भएकाले एमाले नेता, कार्यकर्ताले त्यसको प्रतिवादका लागि फेसबुक, टिकटक जस्ता सामाजिक सञ्जालको अधिक प्रयोग गर्नुपर्ने बताए । एमाले उपमहासचिव समेत रहनुभएका मन्त्रीसन्त्री गुरुङले पार्टीका अध्यक्ष समेत रहनुभएका प्रधानमन्त्री ओलीमाथि ठूलो षड्यन्त्र हुँदा पनि पार्टी पङ्क्ति त्यसको पक्षमा नभिएको भन्दै असन्तुष्टि समेत व्यक्त गरे ।

उनले भने, ‘नयाँ पार्टीहरूले त्यही भाष्य बनाएका छन् । देशी, विदेशीहरूले त्यही भाष्य बनाएका छन् । हामीलाई कसरी एक्लो पारौँ ? भनेका छन् । हामो अध्यक्षलाई कसरी एक्लाउने भनेका छन् ? प्रधानमन्त्रीबाट हटाउने भन्ने अभियानमा छन् । त्यसमा हाम्रा सतर्कता खै ? यो मुलुकका लागि केहीन केही योगदान गरिएको छ । निःस्वार्थ रूपमा देशका लागि काम गरिएको छ । त्यो व्यक्ति केपी ओली नै हो । तर उनी जहाँ जाँदा पनि किन नारा लागि रहेको छ ? त्यसकारण त्यसकारण हामीले किन त्यसको उत्तर दिन सकिरहेका छैनौ ? यति ठूलो षड्यन्त्र छ, त्यो षडयन्त्रको विरुद्धमा बोल्ने कोही छैन । बोल्नुपर्दैन ? लेख्नुपर्दैन टिकटक चलाउेहरु, फेसबुक चलाउनेहरूले ? घिनलाग्दो हर्कत गरिरहेका हुन्छन्, त्यसको प्रतिवाद गर्नुपर्दैन ? कहाँ गयो हाम्रो साइबर सेना ? सबैले त्यो गर्नु प¥यो । त्यो एउटा व्यक्तिमाथिको मात्रै आक्रमण होइन । केपी ओली प्रतिपक्षका नेता भइन्जेल कसैले आक्रमण गरेको थियो ? केपी ओली कमजोर बनाईयो भने एमाले कमजोर बन्छ भन्ने मान्यताका आधारमा मानिसहरूले यो हर्कत गरिरहेका छन् । ओलीमाथिको आक्रमण सिंगो श्रमजीवी जनतामाथिको आक्रमण हो । सिंगो नेपाली जनतामाथिको आक्रमण हो । सिंगो एमालेमाथिको आक्रमण हो । त्यो कुरा हामीले बुझ्नुपर्दछ ।’


मन्त्री गुरुङले सरकारले देश र जनताको हितमा धेरै काम गरेको दाबी समेत गरे । सरकारले आफ्नो सय दिनको कार्यकालमा मुलुक र जनताको अहितमा एउटा पनि काम नगरेको उनले दाबी गरे । मन्त्री गुरुङले नयाँ भनिएका पार्टीहरूले ठूलो पार्टीहरूले केही पनि गरेनन् भनेर गलत भाष्य सृजना गर्न खोजेको उल्लेख गर्दै त्यसका विरुद्ध वैचारिक सङ्घर्ष गर्नुपर्नेमा पनि जोड दिए।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ