arrow

मुद्धा सहकारीको, आन्दोलन रिहाइको

पोखरामा निषेधित क्षेत्र तोड्न खोज्ने रास्वपाका सात कार्यकर्ता पक्राउ, अश्रुग्यास प्रहार [तस्बिर]

प्रहरीले सात भने पनि आफ्ना ११ कार्यकर्ता पक्राउ परेको रास्वपाको दाबी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २० मंगलबार
rsp-pokhara-81-7-20 (7).jpg

पोखरा । पूर्वगृमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पक्राउ परेको विरोधमा उत्रिएका सात जना कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कास्कीले तोकेको निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको आरोपमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

निषेधित क्षेत्रभन्दा अगाडि प्रहरी घेरा तोड्न खोजेपछि झडपसमेत भएको थियो । सो क्रममा प्रहरीले लाठी चार्ज, अश्रुग्यास प्रहार गरेको थियो ।

प्रहरीले सात जनालाई पक्राउ गरेको भने पनि रास्वपाले भने ११ जना पक्राउ परेको जनाएको छ । रवि लामिछानेका स्वकीय सचिव अविनाश आचार्यसहित ११ जनालाई पक्राउ गरिएको रास्वपाका केन्दीय विभाग सदस्य उत्तम पौडेलले जानकारी दिए ।

प्रदर्शनका क्रममा नालायक सरकार मुर्दावाद, भ्रष्ट सरकार चाहिँदैन जस्ता सरकार विरोधी नारा घन्काइएका छन् ।

रास्वपाले सभापति लामिछाने पक्राउलाई राजनीतिक प्रतिशोध भन्दै आएको छ । रविलाई पक्राउ गरेर कास्की ल्याएसँगै रास्वपाले देशभरका कार्यकर्ता पोखरा उतारेर आन्दोलन गरेको थियो ।

केहीअघि एक साता पोखरामा प्रदर्शन गरेको रास्वपाले आन्दोलन तुहिँदै जान थालेपछि काठमाडौँ केन्द्रित आन्दोलन शुरु गरेको थियो । सो पार्टीले तिहार पर्वलाई मध्यनजर गर्दै आन्दोलन रोकेको थियो ।

सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा पक्राउ परेका रवि लामिछानेलाई म्याद थपका लागि कास्की जिल्ला अदालत लगिएको छ ।
कास्की प्रहरीले अनुसन्धानका लागि अदालतबाट पाएको म्याद १४ गते नै सकिए पनि तिहार बिदाका कारण रविलाई आज मात्र अदालत लगिएको हो ।

रविसँगै पूर्वडीआईजी छविलाल जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाललाई पनि म्याद थपका लागि कास्की जिल्ला अदालत पुर्याइएको छ । उनीहरुलाई म्याद थपबारे अहिले बहस भइरहेको छ । 

rsp-pokhara-81-7-20 (1).jpg
rsp-pokhara-81-7-20 (2).jpg
rsp-pokhara-81-7-20 (3).jpg
rsp-pokhara-81-7-20 (4).jpg
rsp-pokhara-81-7-20 (5).jpg
rsp-pokhara-81-7-20 (6).jpg
rsp-pokhara-81-7-20 (8).jpg
rsp-pokhara-81-7-20 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ