arrow

रहेनन् आणविक रसायनविद् पाठक

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
tulsi-pd-pathak.jpg

कीर्तिपुर । विश्वविद्यालय अनुदान आयोगका सदस्य एवं आणविक रसायनविद् प्राडा तुलसीप्रसाद पाठकको ८१ वर्षको उमेरमा निधन भएको छ ।

उनका मित्र प्राडा उपेन्द्र कोइरालाले दिएको जानकारीअनुसार सोमबार बेलुका १०ः१५ राजधानीको ॐ हस्पिटलमा उनको निधन भएको हो । 

उनमा लामो समयदेखि छातीको समस्या तथा निमोनियाका साथै पछिल्लो समय दुवै मिर्गाैलाले काम गर्न छोडेको थियो । 

विसं २००० को भाइटीकाका दिन जन्मिएका उनी विगतमा त्रिभुवन विश्वविद्यालयको व्यावहारिक विज्ञान अनुसन्धान केन्द्र (रिकास्ट) को प्रमुखसमेत रहेका थिए भने पछिल्लो समय उनी विज्ञान सङ्कायको डिन छनोट समितिको संयोजकसमेत थिए ।

हाल अस्ट्रेलियामा रहेका दुई छोरा स्वदेश फर्केपछि प्राडा पाठकको दाहसंस्कार हुने जानकारी प्राप्त भएको डा कोइरालाले बताए ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ