- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । अमेरिकी राष्ट्रपतिको निर्वाचनको मत परिणाम अन्तिम चरणमा पुग्न लागेको छ । पछिल्लो मतगणनाअनुसार रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्प डेमोक्रेटिक पार्टीकी कमलादेवी ह्यारिसभन्दा अगाडि रहेका छन् । उनी जित नजिक पुगेका छन् ।
यसैबीच पार्टीतर्फ झुकेका अधिकांश राज्यमा खासै परिवर्तन नदेखिए पनि स्विङ स्टेट अर्थात् उम्मेदवार हेरेर समर्थन परिवर्तन गर्ने राज्यमा भने प्रतिस्पर्धा निकै रोचक बनेको छ ।
यी राज्यबाटै जितहारको टुंगो लाग्ने भएकामा डोनाल्ड ट्रम्पले यी राज्यहरूमा पनि अग्रता बनाउन थालिसकेका छन् । सातमध्ये दुई स्विङ राज्य ट्रम्पले जितेका छन् । जर्जिया र नर्थ क्यारोलिनामा जितिसकेका छन् ।
यन्य राज्यले दलहरूको परम्परागत समर्थनलाई महत्व दिँदा पनि यी स्विङ सात राज्यहरूमा दलहरूको समर्थन परिवर्तन भइरहन्छ । यस्तो अवस्थामा राष्ट्रपति उम्मेदवारले यी स्विङ स्टेटमा जितेमा चुनावमा विजयी हुने देखिएको छ । त्यसैले स्विङ स्टेटले राष्ट्रपतिको उम्मेदवारको भाग्यको फैसला गर्ने मानिन्छ ।
सातवटा महत्वपूर्ण राज्यमध्ये १६ इलेक्टोरल भोट भएको नर्थ क्यारोलिना र जर्जियामा ट्रम्प विजयी भएका छन् ।
पेन्सिल्भेनिया १९ इलेक्टोरल भोटसहित सबैभन्दा महत्त्वपूर्ण राज्य हो । मिशिगन, एरिजोना, विस्कन्सिन र नेभाडामा ट्रम्प अगाडि रहेका छन् ।
यता सिनेटमा पनि रिपब्लिकनले बहुमत ल्याएको छ । त्यस्तै हाउसमा पनि रिपब्लिकन अगाडि रहेको छ ।
५३८ इलेक्ट्रोरल भोटमध्ये ट्रम्पले २४६ र ह्यारिसले १८२ भोट जितेकी छिन् । २७० भोट ल्याए बहुमत आउँछ ।
अहिलेसम्म ५० राज्यमध्ये ४० राज्यको नतिजा आइसकेको छ । जसमा २५ मा ट्रम्प र १५ मा ह्यारिस विजयी भएकी छिन् ।