arrow

अमेरिकी राष्ट्रपतिको निर्वाचन

ट्रम्प फेरि ह्वाइट हाउस पुग्ने पक्का

अन्तिम सात राज्यको गणना जारी, ट्रम्पलाई तीन सिट जित्न बाँकी, ह्यरिसको हार सुनिश्चित

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
trump-harris-24-11-4.jpg

काठमाडौँ । डोनाल्ड ट्रम्प फेरि ह्वाइट हाउस पुग्ने पक्का भएको छ । अमेरिकामा अबको केही समयमै आगामी राष्ट्रपति को हुने भन्ने छिनोफानो हुँदै गर्दा भारी मतान्तरसहित ट्रम्प राष्ट्रपति बन्ने पक्का भएको हो । 

बिहान सकिएको मतदानसँगै थालिएको मतगणनाले धमाधम आइरहेको छ ।अहिलेसम्म ५० मध्ये ४३ राज्यको मतपरिणाम आउँदा रिपब्लिकन पार्टीका उम्मेदवार डोनाल्ड ट्रम्पले २७ राज्य जितेका छन् भने डेमोक्रेटिक उम्मेदवार कमलादेवी ह्यारिसले १५ राज्यमा जित हासिल गरेकी छिन् । 

राष्ट्रपतिको निर्वाचन जित्नका लागि उम्मेदवारले कुल ५० राज्यका ५३८ मध्ये २७० इलेक्टोरल भोटको बहुमत प्राप्त गर्नुपर्ने हुन्छ । अहिलेसमम्म ट्रम्पले २६७ भोट जितिसकेका छन् । ह्यारिस निकै पछाडि छिन् । उनी दुई सयको नजिक छिन् । 

उलटफेर गर्ने ७ स्विङ राज्यमै ट्रम्प हावी भएपछि ह्यारिसले हार्ने पक्का भएको हो ।  अमेरिकी राजनीतिमा अहिलेसम्म कुनै पनि महिला राष्ट्रपति भएका छैनन् । यसपालि पनि ह्यारिस कमजोर सावित भइन् । २३० वर्षे अमेरिकी इतिहासमा पुरुष नै हावी छन् । 

ह्यारिस वर्तमान उपराष्ट्रपति हुन् भने ट्रम्प पूर्व राष्ट्रपति हुन् । 

संसदीय चुनावमा पनि रिपब्लिकन अगाडि

संसदीय चुनावमा पनि रिपब्लिकनले अग्रता लिएको छ । 

हाउस अफ रिप्रिजेन्टेटिभमा रिपब्लिकनले १९२ तथा डेमोक्रेटिकले १६६ सिट जित्दा सिनेटमा रिपब्लिकनले ५१ तथा डेमोक्रेटिकले ४२ सिट जितेको छ । 

सिनेटमा रिपब्लिकनले बहुमत हासिल गरिसकेको छ । 



नयाँ