arrow

४७ औँ राष्ट्रपति

ट्रम्पले गरे आफूलाई विजेता घोषणा

रिपब्लिकनलाई ‘अभूतपूर्व र बलियो जनादेश मिलेको’ जिकिर

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २१ बुधबार
donald-trump-2024-11-6.jpg

अमेरिका । अमेरिकी राष्ट्रपतिको निर्वाचनमा आफू विजेता भएको डोनाल्ड ट्रम्पले घोषणा गरेका छन् । फ्लोरिडास्थित आफ्नो निर्वाचन अभियानको मुख्यालयमा उपस्थित समर्थकहरूको भीडलाई सम्बोधन गर्दै रिपब्लिकन नेता डोनाल्ड ट्रम्पले रिपब्लिकनहरूले आजको दिनलाई भविष्यमा फर्केर हेर्दा ‘आफ्नो जीवनको सबैभन्दा महत्वपूर्ण दिनमध्ये एक मान्ने’ बताए ।   

“अमेरिकाले हामीलाई अभूतपूर्व र बलियो जनादेश दिएको छ,” उनले सिनेटमा पनि रिपब्लिकनको नियन्त्रण पुनस्थापित भएकोतर्फ सङ्केत गर्दै भने । 

सीमा व्यवस्थापन गर्ने र देशलाई एकिकृत गर्दै अघि बढ्ने प्रतिवद्धता जाहेर गर्दै उनले भने । सम्बोधनका क्रममा उनले आफ्नी श्रीमती मेलानियाका साथै परिवारका सदस्यसहित सम्पूर्ण शुभेच्छुक मतदाताहरूलाई धन्यवाद दिए । 

उनले समर्थकहरूलाई गरेको सम्बोधनलाई आफ्नो विजय भाषणको रूपमा प्रयोग गरेका छन् । मतपरिणामको आधिकारिक घोषणा भइसकेको छैन तर निर्वाचन परिणामका प्रक्षेपणहरूले ट्रम्प जितको नजिक पुगेको जनाइरहेका छन्। 

रिपब्लिकन नेता ट्रम्पले ५३८ मध्ये २६७ इलेक्टोरल मत प्राप्त गर्दा उनकी प्रतिद्वन्द्वी कमलादेवी ह्यारिसले २२४ इलेक्टोरल मत प्राप्त गरेकी छिन् । 

यसरी हेर्दा ट्रम्पलाई राष्ट्रपति पदमा जितको लागि बहुमत इलेक्टोरल सङ्ख्या २७० मा पुग्न अब मात्र तीन इलेक्टोरल मतको आवश्यक हुनेछ । 

५० मध्ये ४५ राज्यको गणना सकिएको छ । पाँच राज्यको गणना चलिरहेको छ । ती सबैमा ट्रम्पले अग्रता लिइरहेका छन् । 

अमेरिकी समाचार संस्था फक्स न्यूजले ट्रम्प निर्वाचित भएको घोषणा गरेको छ । फक्स न्यूजले ट्रम्पलाई २७० भन्दा माथि थप केही सिट प्राप्त हुने जनाएको छ ।

सिनेटमा रिपब्लिकनको बहुमत आइसकेको छ भने हाउसमा पनि रिपब्लिकन बहुमत नजिक पुगेको छ । ट्रम्प अमेरिकाका ४७ औँ राष्ट्रपति हुनेछन् । 



नयाँ