arrow

‘भूपि पुरस्कार’ का लागि कृति आह्वान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २२ बिहिबार
bhupi-serchan.jpeg.jpeg

बागलुङ । धौलागिरि साहित्य प्रतिष्ठान बागलुङले यस वर्ष प्रदान गर्ने ‘भूपि पुरस्कार’का लागि कृति आह्वान गरिएको छ । 

प्रतिष्ठानको हालै बसेको बैठकले आगामी मङ्सिर २५ गतेभित्र कृति पठाउन आह्वान गर्ने निर्णय गरेको प्रतिष्ठानका अध्यक्ष काजी रोशनले जानकारी दिए । 

भूपि शेरचनको जीवनी तथा उनका सिर्जनाबारेका समीक्षात्मक र अनुसन्धानात्मक कृतिलाई प्राथमिकता दिइने उनको भनाइ छ । 

रु २५ हजार राशिको उक्त पुरस्कार आगामी पुसमा पर्ने भूपि जयन्तीमा प्रदान गरिनेछ । देशभरबाट प्राप्त हुने कृतिमध्ये निरुपण मण्डलले उत्कृष्टलाई पुरस्कारका लागि छनोट गर्नेछ । 

यसअघि उक्त पुरस्कारबाट साहित्यकार प्राडा सुधा त्रिपाठी, सुकुम शर्मालगायत पुरस्कृत भइसकेका छन् । 

विसं २०७३ मा प्रतिष्ठानले कवि भूपि शेरचनका नाममा पुरस्कार स्थापना गरेका थियो । 

विसं १९९० पुसमा मुस्ताङको थाक, टुकुचेमा जन्मनुभएका भूपि नेपाली साहित्य जगतको विशिष्ट प्रतिभा छन् ।

उनका ‘घुम्ने मेचमाथि अन्धो मान्छे’, ‘परिवर्तन’, ‘नयाँ झ्याउरे’लगायत कृति लोकप्रिय छन् ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ