- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
रोम । जारी युद्धको बावजुद गाजामा पोलियो खोप अभियान पूरा भएको छ । अभियान अन्तर्गत पाँच लाखभन्दा बढी प्यालेस्टिनी बालबालिकाहरूलाई खोप लगाएको संयुक्त राष्ट्र सङ्घले जनाएको छ ।
विश्व स्वास्थ्य सङ्गठन (डब्ल्यूएचओ) र संयुक्त राष्ट्र बाल कोष (यूनीसेफ) ले एक संयुक्त विज्ञप्तिमा गाजा पट्टीमा पोलियो खोप अभियानको दोस्रो चरण पूरा भएको पुष्टि गरेका छन् । अभियान अन्तर्गतमा दश वर्ष मुनिका पाँचलाख ५६ हजार ७७४बच्चाहरूलाई पोलियो खोपको दोस्रो मात्रा दिइएको छ ।
अनुमानित सात हजारदेखि दश हजार बालबालिका दुर्गम क्षेत्रहरूमा खोप लगाउन बाँकी रहेको र उनीहरू पोलियो भाइरसको जोखिममा रहेको जनाइएको छ ।
सेप्टेम्बर १–१२ सम्म लागू गरिएको खोपको पहिलो चरणमा पाँच लाख ५९ हजार १६१ वा ९५ प्रतिशत बालबालिकालाई खोप लगाइएको थियो । अक्टोबर १४ देखि गाजामा खोपको दोस्रो चरण निर्धारण गरिए पनि आक्रमणको तीव्रताका कारण सबै बच्चाहरूको पहुँचमा भने पुग्न नसकिएको युनिसेफले जनाएको छ ।