arrow

सुसी वाइल्सलाई ट्रम्पले बनाए ह्वाइट हाउसको चिफ अफ स्टाफ

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २३ शुक्रबार
susi-wiles-trump.jpg

काठमाडौँ । अमेरिकी राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले सुसी वाइल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफमा नियुक्त गरेका छन् ।

वाइल्स ट्रम्पको चुनावी अभियानकी प्रबन्धक थिइन् । उनी लामो समयदेखि ट्रम्पको सल्लाहकारको रुपमा रहेकी छिन् । सन् २०२० को निर्वाचनमा ट्रम्पलाई फ्लोरिडा राज्यमा चुनाव जिताउन सहयोग गरेकी वाइल्सले त्यसपछिको चार वर्ष ट्रम्पको चुनावी अभियानलाई नेतृत्व गरेकी थिइन् । ट्रम्पले यस पटकको चुनाव जितेपछिको पहिलो भाषणमा समेत आफ्नो जितमा वाइल्सको सबैभन्दा ठूलो भूमिका रहेको उल्लेख गरेका थिए ।

वाइल्सलाई ह्वाइट हाउसको चिफ अफ स्टाफ नियुक्त गर्दै ट्रम्पले उनी अमेरिकाको इतिहासमा पहिलो महिला चिफ अफ स्टाफ हुने बताएका छन् । 

ट्रम्पले वाइल्स स्मार्ट, क्रियटिभ र सम्मानित महिला भएको भन्दै २०१६ र २०२० को आफ्नो चुनावी अभियानमा पनि उनको भूमिका रहेको बताएका छन् ।
                        



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ