- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । यतिबेला सहकारी ठगी प्रकरण उत्कर्षमा छ । लाखौँ नेपालीको भविष्य जोडिएको सहकारी ठगीको ठूलो प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने अनुसन्धानका क्रममा हिरासतमा रहेका बेलामा अन्य दलका नेताहरु पनि मुछिने क्रम चलिरहेको छ ।
त्यसै क्रममा सहकारी व्यापारिक पृष्ठभूमिका एमालेका समानुपातिक सांसद देवीप्रकाश भट्टचनसमेत सहकारी ठगीमा मुछिएका छन् । उनीविरुद्ध ९८ करोड रुपैयाँ ठगीको जाहेरी जिल्ला प्रहरी परिसर काठमाडौँमा परेको छ ।
प्रभु म्यानेजमेन्टकी अध्यक्ष कुसुम लामाले भट्टचनविरुद्ध जाहेरी दिएकी हुन् । कुनै पनि प्रहरी कार्यालयले जाहेरी लिन नमानेपछि उनले सरकारी वकिल कार्यालयमार्फत जाहेरी दर्ता गराएको खुल्न आएको छ ।
सरकारी वकिल कार्यालयले अनुसन्धानका लागि प्रहरीमा पठाएसँगै प्रहरीभित्र सनसनी मच्चिएको छ । भट्टचनलाई जोगाउन सिंगो प्रहरी संगठन नै सक्रिय भएपछि चलखेलका कारण अनुसन्धान अघि बढ्न सकेको छैन ।
गत असोज ११ गते नै सरकारी वकिल कार्यालयले प्रहरीमा जाहेरी पठाएको थियो । ठगीको कागजपत्र उपलब्ध गराउन नसकेको बहानामा अनुसन्धान अघि बढ्न नसकेको भनी प्रहरीले बताएको भए पनि यसमा सरकारको दबाब रहेको प्रहरीको उच्च स्रोतले जनाएको छ ।
भट्टचन प्रभु बैंकका पूर्व अध्यक्षसमेत हुन् । प्रभु बैंकमा अहिले पनि उनकै हालिमुहाली छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचन र देवीप्रकाश एउटै व्यवसायिक समूहका रहेकाले शेरचनसमेत अनुसन्धान रोक्न दौडधुपमा लागेको पाइएको छ ।
विस्तृत अनुसन्धान भएमा भट्टचन हुन्डीमा समेत तानिने सम्भावना छ । स्रोतका अनुसार देवीप्रकाश र कुसुम लामो समयदेखि निकटस्थ रहँदै आएका थिए । देवीप्रकाशले नै कुसुमलाई प्रभु म्यानेजमेन्टको अध्यक्षसमेत बनाएको स्रोतको दाबी छ ।