arrow

सांसदबाट निलम्बित भए मानव तस्करमा पक्राउ परेका पूर्वमन्त्री लिलाबल्लभ अधिकारी

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २६ सोमबार
lilaballav-adhikari-human-trafficking-81-7-25-arrest.jpg

विराटनगर । कोशी प्रदेश सरकारका पूर्वमन्त्री तथा एमाले नेता लिलाबल्लभ अधिकारी पक्राउ परेको विषयमा कोशी प्रदेशसभाले सूचना टाँस गरेर जानकारी दिएको छ ।

कोशी प्रदेश सभाले प्रदेशसभा नियमावलीको नियम १९० को उपनियम २ अनुसार जानकारी दिएको उल्लेख छ ।

मानव बेचबिखनको आरोपमा अनुसन्धानका लागि प्रहरीले आइतबार अधिकारीलाई विराटनगरबाट पक्राउ गरी काठमाडौँ ल्याएको छ ।

उनलाई यसअघि एमालेले पार्टीको सबै जिम्मेवारीसहित साधारण सदस्यबाट समेत निलम्बन गरेको छ ।

प्रदेश सभाले सूचना टाँस गरेर जानकारी दिएसँगै अधिकारी प्रदेश सांसदबाट निलम्बित भएका छन् ।

उनलाई आइतबारै प्रहरीले दुई दिन अदालतबाट हिरासतमा राखेर अनुसन्धान गर्ने समय लिएको छ । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ