arrow

रविलाई भैरहवा ल्याइएपछि रास्वपाको प्रदर्शन [तस्बिर]

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
rsp-bhairahawa-protest-ravi.jpg

भैरहवा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई भैरहवा ल्याइएको छ । उनलाई दिउँसो साढे १२ बजे पोखराबाट विमानमार्फत भैरहवा ल्याइएको हो । 

उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइ  जिल्ला प्रहरी कार्यालयमा पुर्याएर सरकारी वकिलको कार्यालय लगी बयान लिइने छ । 

लामिछानेलाई भैरहवा ल्याउने भएपछि रास्वपाका नेता तथा कार्यकर्ताले बिहानैदेखि विमानस्थल बाहिर भेला भएर नाराबाजी गरेका थिए । 

उनीहरु त्यहाँबाट सरकारी वलिकको कार्यालय बाहिर गएर आन्दोलन गर्नेछन् । यसअघि नै सबैलाई बिहान ११ बजे भेला हुन रास्वपाले सर्कुलर जारी गरेको भए पनि अपेक्षाकृत कार्यकर्ताहरु नआएको रास्वपाका एक स्थानीय नेताले बताए । 

यसअघि पोखरा र काठमाडौँमा पनि शुरुका दिनका तुलनामा समर्थकहरु घटेका थिए । 

रास्वपाले प्रदर्शन गर्न थालेपछि ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । 

 बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको ठगी आरोपमा रुपन्देही जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएपछि लामिछानेलाई बयानका लागि आज भैरहवा ल्याइएको हो । 

उनलाई आजै बयान सकेर पोखरा फर्काइने बताइएको छ । 

यद्यपि खराब मौसमका कारण साढे ४ घण्टा ढिला गरी भैरहवा ल्याइएकामा अब उनलाई कतिबेला फर्काइन्छ यकिन छैन । 
 

rsp-bhairahawa-protest-81-7-27 (1).jpg
rsp-bhairahawa-protest-81-7-27 (2).jpg
rsp-bhairahawa-protest-81-7-27 (3).jpg
rsp-bhairahawa-protest-81-7-27 (4).jpg
rsp-bhairahawa-protest-81-7-27 (5).jpg
rsp-bhairahawa-protest-81-7-27 (6).jpg
rsp-bhairahawa-protest-81-7-27 (7).jpg
rsp-bhairahawa-protest-81-7-27 (8).jpg
rsp-bhairahawa-protest-81-7-27 (9).jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ