arrow

रवि लामिछानेलाई कास्कीबाट रुपन्देही ल्याइ थालियो सरकारी वकिलको कार्यालयमा बयान

logo
हाम्रा कुरा
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
ravi-bhairahawa4-sarkari-wa.jpg

भैरहवा । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयानका लागि राखिएको छ । 

उनलाई दिउँसो साढे १२ बजे भैरहवा ल्याइ बयानका लागि सिधै सरकारी वकिलको कार्यालयमा पुर्याइएको हो । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइ  जिल्ला प्रहरी कार्यालयमा नपुर्याइ सिधै सरकारी वकिलको कार्यालय लगी बयान लिइएको हो । 

यसअघि कम भिजिबिलिटीका कारण बिहानदेखि उड्न नसकेको जहाज आवश्यक भिजिबिलिटी पुगेसँगै पोखराबाट भैरहवा ल्याइएको हो ।

यता उनको रिहाइको माग गर्दै आएका उनका पार्टीका नेता कार्यकर्ताले भैरहवामा विरोध प्रदर्शन गरेका छन् । उनीहरु बुद्दचोक भेला भएर सरकारी वकिलको कार्यालयमा पुगेका छन् । 

बिहानैदेखि उनलाई भैरहवा ल्याउने भनेसँगै गौतमबुद्ध विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । उनलाई बिहान ७:४५ को उडानमार्फत पोखराबाट रुपन्देही लगिने भनिएको थियो । 

साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ ।

यसअघि पूर्वडीआईजी छविलाल जोशीसँग दुई दिन लगाएर बयान लिइएको थियो । बुटवलस्थित सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनको आरोपमा रुपन्देही जिल्ला अदालतले लामिछानेसहित १२ जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।

सो सहकारीको १४ करोड २९ लाख रुपैयाँ गोर्खा मिडिया नेटवर्कमा गएको बताइएको छ । जसमा एक करोड ९६ लाख लामिछानेकै नाममा र १४ करोड २९ लाख रुपैयाँ विभिन्न व्यक्तिमार्फत गोर्खा मिडिया नेटवर्कमा पुगेको संसदीय छानबिन विशेष समिति र प्रहरीको प्रतिवेदनमा उल्लेख छ ।

त्यसपछि जिल्ला प्रहरी कार्यालय रुपन्देहीले कास्की प्रहरीलाई पत्र पठाएर लामिछानेलाई उपस्थित गराइदिन सहयोग मागेको थियो । लामिछाने सहकारी ठगी, सङ्गठित अपराध तथा सम्पत्ति शुद्धीकरणको मुद्दामा कात्तिक २ गते साँझ काठमाडौँबाट पक्राउ परेका थिए ।

उनलाई कात्तिक ३ गते बिहान कास्की ल्याइएको हो । उनी सोही दिनदेखि कास्की प्रहरीको हिरासतमा छन् । उनलाई पछिल्लो पटक जिल्ला अदालत कास्कीले १३ दिन म्याद थपिदिएको छ ।

लाछिानेसँगै पूर्वडीआइजी जोशी, लिला पछाई र व्यवसायी रामबहादुर खनाल पनि कास्की प्रहरी हिरासतमै छन् ।

ravi-bhairahawa1.jpg
ravi-bhairahawa2.jpg
ravi-bhairahawa3.jpg


लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ