arrow

रविलाई भित्री बाटो सरकारी वकिलको कार्यालयमा लगियो, बाहिर रास्वपाको दबाब [भिडियो]

logo
नारायण वली,
प्रकाशित २०८१ कार्तिक २७ मंगलबार
ravi-rupandehi.jpg

काठमाडौँ । सहकारी ठगी प्रकरणमा अनुसन्धानका क्रममा कास्की प्रहरीको नियन्त्रणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति एवं पूर्व गृहमन्त्री रवि लामिछानेलाई रुपन्देहीस्थित सरकारी वकिलको कार्यालयमा बयानका लागि राखिएको छ । 

उनलाई दिउँसो साढे १२ बजे भैरहवा ल्याइ बयानका लागि सिधै सरकारी वकिलको कार्यालयमा पुर्याइएको हो । उनलाई पोखरा अन्तर्राष्ट्रिय विमानस्थलबाट भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल ल्याइ जिल्ला प्रहरी कार्यालयमा नपुर्याइ सिधै सरकारी वकिलको कार्यालय लगी बयान लिइएको हो । 

यता उनको रिहाइको माग गर्दै आएका उनका पार्टीका नेता कार्यकर्ताले भैरहवामा विरोध प्रदर्शन गरेका छन् । उनीहरु बुद्दचोक भेला भएर सरकारी वकिलको कार्यालयमा पुगेका छन् । बिहानैदेखि उनलाई भैरहवा ल्याउने भनेसँगै गौतमबुद्ध विमानस्थलको सुरक्षा व्यवस्था कडा पारिएको छ । 

यसअघि कम भिजिबिलिटीका कारण बिहानदेखि उड्न नसकेको जहाज आवश्यक भिजिबिलिटी पुगेसँगै पोखराबाट भैरहवा ल्याइएको हो । उनलाई बिहान ७:४५ को उडानमार्फत पोखराबाट रुपन्देही लगिने भनिएको थियो । 

साथै उनलाई सरकारी वकिलको कार्यालयमा बयान सकेर आजै कास्की फर्काउने तयारी छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ