- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ । नेपालबाट भारत हुँदै बङ्गलादेश विद्युत् निर्यात आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ । शुक्रबार नेपालका तर्फबाट ऊर्जा जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले नेपाल, विद्युत् मन्त्री मनोहरलाल खट्टर र बङ्गलादेशका ऊर्जा जलस्रोत मन्त्रालयका सल्लाहकार मोहम्मद फजुल कविरले भारतका भर्चुअल माध्यमबाट बङ्गलादेश विद्युत् निर्यातको औपचारिक शुरुवात गरेका छन् ।
नेपालबाट पहिलो पटक तेस्रो देशमा बिजुली निर्यात गरिएको शुरु भएको छ । नेपालले भारतसँग मात्रै विद्युत् निर्यात गर्दै आएकोमा शुक्रबारबाट बङ्गलादेश विद्युत् निर्यात औपचारिक शुभारम्भ भएसँगै तेस्रो मुलुकमा निर्यात पुगेको हो । नेपालले ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गरेको छ । शुभारम्भ कार्यक्रममा बोल्दै ऊर्जा मन्त्री खड्काले बङ्गलादेशमा नेपालबाट विद्युत् निर्यात शुरु हुनु दक्षिण एसियामा विद्युत् व्यापारमा कोशे ढुङ्गा सावित भएको बताए । उनले विद्युत् निर्यातको लागि गत असोजमा नै त्रिपक्षीय सम्झौताअनुसार आजदेखि भारत हुँदै बंङलादेशमा विद्युत् निर्यात शुरु भएको बताए । उनले बंलादेशमा विद्युत् निर्यातको लागि सहजीकरणको लागि भूमिका खेल्ने भारत सरकार र बङ्गलादेश सरकारलाई धन्यवाद दिए ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बङ्गलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बङ्गलादेशी कम्पनीले तिर्नेछ ।
नेपालबाट भारतको बाटो हुँदै ४० मेगावाट विद्युत् बङ्गलादेश निर्यात गर्ने त्रिपक्षीय सम्झौता गत असोजमा भएको थियो । नेपाल विद्युत् प्राधिकरणले प्रतियुनिट करिब ८ रुपैयाँ ६४ पैसा (६.४ अमेरिकी सेन्ट) का दरले बङ्गलादेशलाई विद्युत् निर्यात गर्ने सम्झौतामा उल्लेख छ । बङ्गलादेश विद्युत् निर्यात गर्दा भारतको एनटीपसी विद्युत् व्यापार निगम लिमिटेड (एनभीभीएन) को प्रसारण लाइन प्रयोग गरेबापत ‘ह्विलिङ चार्ज’ बङ्गलादेशी कम्पनीले तिर्ने छ ।
नेपाल र भारतबीचको पहिलो अन्तर्देशीय ढल्केबर–मुजफ्फरपुर ४०० केभी प्रसारण लाइन हुँदै भारतको मुजफ्फरपुर सबस्टेशनमा विद्युत् पुग्नेछ । त्यसपछि मुजफ्फरपुर सबस्टेसनबाट भारतको प्रसारण लाइनमार्फत भारत–बंगलादेशबीचको बहरामपुर (भारत)–भेरमारा (बङ्गलादेश) ४०० केभी प्रसारण लाइनमार्फत बङ्गलादेश विद्युत् पुग्नेछ । नेपालबाट भारत हुँदै बङ्गलादेशतर्फ विद्युत् निर्यात मध्यान्ह साढे १२ बजेबाट शुरु भएको हो । यस वर्ष (सन् २०२४)को वर्षायाममा विद्युत् निर्यात शुक्रबार राति १२ बजेसम्म मात्र हुनेछ । त्यसपछि आगामी वर्ष सन् २०२५ को जुन १५ बाट बङ्गलादेशतर्फ पुनः विद्युत् निर्यात शुरु हुनेछ ।