arrow

आमा !

logo
कविता गाौतम, 
प्रकाशित २०८१ मंसिर १ शनिबार
kabita-gautam-81-8-1.jpg

आमा !
तिमीले जन्म दियौ मलाई 
आफ्नो शरीर र प्राणलाई 
जोखिममा राखी 
यो सुन्दर दुनियाँमा 
ल्यायौ तिमीले मलाई 
आफ्नो खुशी टुक्र्याएर 
मलाई खुशी दियौ तिमीले
दुःखमा पनि 
हाँस्नुपर्छ भन्ने 
कुरा सिकायौ तिमीले
नौ महिना गर्वमा पालेर 
मुटु चिरेर 
जन्मायौ तिमीले
सङ्घर्ष गरी
यो दुनियाँसँग 
लड्न सिकायौ तिमीले 
म हाँस्दा तिमी रमायौ
म रुँदा तिमी रोयौ
म हिँड्दा 
मेरो हात तिमिले नै समायौ
साँच्चै आमा 
तिमी म भन्दा टाढा भए पनि
तिम्रो साथ रहन्छ जहिले ।
 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ