arrow

प्रतिक्षा

logo
बेटी बज्राचार्य, 
प्रकाशित २०८१ मंसिर १ शनिबार
beti-bajcharya-81-8-1.jpg

सन्देश छ हिमालको 
म पग्लदैछु
अब त विचार गर
पहाडले पनि पत्र पठाइसकेछ 
हे मेरा पहरेदारहरू !
मेरो शरीरबाट पातहरू झरिरहेका छन् 
तराई निकै क्रोधित देखिन्छ
मालिकहरू उनका
आफू आफूमै
दूरी बढाउँदै छन् 
को आउला 
हाम्रा शुभचिन्तक भन्दै
चार वर्ण छत्तीस जातको फूलबारी
जाग्राम बसी पर्खिरहेको छ ।



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ