- सुन चाँदी दर
- विनिमय दर
- नेपाली पात्रो
- राशिफल
काठमाडौँ। जाडो मौसममा चिसो र खोकी, श्वासप्रश्वाससम्बन्धी समस्या लगायतका रोगहरूको प्रकोप बढ्ने गर्दछ। यी रोगहरू सामान्यतया कमजोर रोग प्रतिरोधात्मक क्षमताका कारण देखिन्छन्। चिसोको कारणले हिमाली क्षेत्रमा तापक्रम नकारात्मकसम्म झर्ने अवस्था छ भने पहाडी र तराई क्षेत्रमा पनि तापक्रममा गिरावट आएको छ।
मौसमी परिवर्तनका कारण काठमाडौँ उपत्यकामा रातको तापक्रम ० डिग्री सेल्सियससम्म झर्ने र दिनको तापक्रम २० डिग्री सेल्सियससम्म हुने देखिएको छ। यस्तो अवस्थामा शरीरलाई रोगबाट बचाउन प्रतिरोधात्मक क्षमता बढाउनु आवश्यक छ।
डाबर च्यवनप्राशको नियमित सेवनले जाडो मौसममा रोग प्रतिरोधात्मक क्षमता बढाउन मद्दत पुर्याउने तथ्य चिकित्सकीय रूपमा प्रमाणित भइसकेको छ। ४१ भन्दा बढी आयुर्वेदिक जडीबुटीहरूको प्रयोगबाट बनेको यो आयुर्वेदिक मिश्रणले शरीरलाई ब्याक्टेरिया, भाइरस, धुलो र चिसोको कारण हुने सङ्क्रमणहरूबाट बचाउन मद्दत गर्छ।
संस्कृतमा ‘प्राश’ विशेष रूपमा तयार गरिएको खानाको रूपमा व्याख्या गरिन्छ भने ‘च्यवन’ ऋषिको नाम हो जसको लागि यो सूत्र तयार पारिएको थियो। च्यवनप्राश सबै उमेर समूहका मानिसहरूको लागि उपयुक्त स्वास्थ्य पूरक हो।
डाबर च्यवनप्राशका प्रमुख घटकहरू
डाबर च्यवनप्राशको मुख्य घटक अमला (भारतीय गुजबेरी) हो, जसले शरीरलाई रोग प्रतिरोध गर्न आवश्यक भिटामिन ‘सी’ प्रदान गर्दछ। साथै, गुडुची, अश्वगन्धा, पिप्पली, मूलेठी, हरिताकी, कर्कटशृङ्गी, र बासा जस्ता जडीबुटीहरूको मिश्रणले यसलाई अझ प्रभावकारी बनाएको छ।
च्यवनप्राशले जाडोमा प्रतिरक्षा प्रणालीलाई बलियो बनाएर रुघाखोकीजस्ता सामान्य रोगहरूसँग लड्न सक्षम बनाउँछ। स्वास्थ्य पूरकको रूपमा यसको नियमित उपभोगले बालबालिका, वयस्क र वृद्ध सबै उमेर समूहका व्यक्तिहरूलाई स्वस्थ राख्न मद्दत पुर्याउने विश्वास गरिएको छ।