arrow

बियर खान नपाए सुस्ताउने मुर्रा भैँसीको मोल दुई करोड पाँच लाख 

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ३ सोमबार
beer-bufallow-murra-2-crore.jpg

पटना । भारतको बिहारस्थित सोनपुर मेलामा २ करोड ५ लाख भारतीय रुपैयाँको मुर्रा जातको भैँसी आकर्षणको केन्द्र बनेको छ । एक किसानले बनारसबाट मेलाका लागि बिहार ल्याएका छन् । भैंसीको नाम राजा हो, जसको उमेर तीन वर्ष रहेको बताइएको छ ।

तर बिहारमा रक्सी पिउन नपाएका कारण सो भैँसीको चमक घटेको राजाका मालिक बताउँछन् । जानकारीका अनुसार यो भैँसीले दैनिक दुई बोतल बियर पिउने गरेको छ ।

बिहारको सोनपुर मेलामा ल्याइएको भैँसीको मूल्य २ करोड ५ लाख रुपैयाँ रहेको छ, जुन मुर्रा जातको हो । बिहारको सोनपुर मेलामा बिक्री गर्न बनारसबाट ल्याइएको हो । यस भैँसीको विशेष कुरा यो हो कि यसले हरेक दिन बियरको बोतल पिउने गर्छ ।

बिहारमा यो भैँसीले धेरै समस्या झेलिरहेको छ । किनभने बिहारमा रक्सी निषेध गरिएको छ। यसबारे भैँसीका मालिकले बियर नपाउँदा भैँसीको चर्को चमक घटेको बताउँछन् । जसका कारण उनी अलिकति सुस्त देखिन्छन् ।

भैँसी मालिकका अनुसार मोकामाका पूर्व विधायक अनन्त सिंहले उनीसँग भिडियो कलमा कुरा गरेका थिए । उनले भिडियो कलमार्फत राजालाई देखेका थिए। मालिकले आफ्नो भैँसीको मूल्य २ करोड रुपैयाँभन्दा बढी रहेको जनाउँदै अनन्त सिंहले मात्रै किन्न सक्ने बताए । 

उनका अनुसार उनी बाहेक यो भैँसी अरु कसैले लिन सक्दैन । बिहारका शक्तिशाली नेता आनन्द सिंह सोनपुर मेलामा पुगे तर भैंसी किन्न भने चाहेनन्, न्युज २४ ले लेखेको छ ।

यसअघि पनि भारतमा २३ करोड मूल्यको भैँसी भाइरल भइसकेको छ । जसको नाम अनमोल भनियो । यसअघि पटनाको भेटेरिनरी ग्राउन्डमा भएको डेयरी एण्ड क्याटल एक्स्पोमा १० करोडको भैंसी गोलु–२ पुगेको थियो ।



नयाँ