arrow

विशङ्खुनारायणमा सुविधासम्पन्न प्रशासनिक भवन बन्दै

logo
हाम्रा कुरा
प्रकाशित २०८१ मंसिर ४ मंगलबार
Godawari_Nagarpalika.png

ललितपुर । गोदावरी नगरपालिका-२ विशङ्खुनारायणमा सुविधा सम्पन्न प्रशासनिक भवन निर्माणको सिलान्यास गरिएको छ ।

जिल्ला समन्वय समिति (जिसस) ललितपुरको ६० प्रतिशत र गोदावरी नगरपालिकाको ४० प्रतिशत लागतमा निर्माण हुनेगरी समन्वय समितिका प्रमुख ऋषिदेव फुयाँलले भवनको सिलान्यास गरे ।

प्रमुख फूँयालका अनुसार समन्वय समिति ललितपुरको ७५ लाख र गोदावरी नगरपालिकाको ५० लाखसहित हाल एक करोड २५ लाख रुपैयाँ विनियोजन भएको छ । 

उनले सही ढङ्गले बजेट कार्यान्वयनमा जनप्रतिनिधि र कर्मचारीको भूमिका हुनेछ भन्ने विश्वास व्यक्त गरे ।

गोदावरी नगरप्रमुख गजेन्द्र महर्जनले गुणस्तरमा कमजोरी नगरी समयमै भवन निर्माण सम्पन्न गर्न आग्रह गरे ।

“निर्धारित समयभित्रै काम सम्पन्न हुनेछ भन्ने विश्वस छ, यो भवन निर्माणसँगै सेवा प्रवाहमा नागरिकलाई सहजता मिल्नेछ,” उनले भने । 

वडा नं २ का अध्यक्ष मनोहर सिलवालले विकास निर्माणका क्रममा सबैसँग हातेमालो गर्दै अगाडि बढ्ने बताउँदै सिलान्यास भएको भवन छिटो निर्माण सम्पन्न गरेर स्थानीयलाई सेवा प्रवाह गर्ने विश्वास दिलाए । 



लोकप्रिय समाचार
लोकप्रिय समाचार
नयाँ